काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशलाई नयाँ जनादेश दिने प्रक्रियामा धैर्य गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको सन्देशमा उनले हालको परिस्थितिलाई ऐतिहासिक भन्दै सबै नेपालीले सुनौलो भविष्यतर्फ कदम चालिरहेको बताएका छन्।
उनले भनेका छन्, ूअब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ। अन्तरिम सरकारको काम भनेको चुनाव गराउने र देशलाई नयाँ जनादेश दिने हो।ू
शाहले अन्तरिमरचुनावी सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नामप्रति पूर्ण समर्थन जनाएका छन्। उनले नागरिकलाई धैर्य राख्न र अस्थायी सरकारप्रति परिपक्व व्यवहार देखाउन आग्रह गरेका छन्।
उनका अनुसार, अहिले नै हतारमा नेतृत्वमा आउन खोज्नु उचित हुँदैन। उनले जोड दिए, तपाईंहरूको जोश, सोच र इमानदारीता देशलाई स्थायी रुपमा चाहिएको हो, अस्थायी रुपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै। कृपया हतार नगर्नु होला।
शाहले अन्त्यमा राष्ट्रपतिलाई सम्मानजनक अभिवादन गर्दै एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरेका छन्।