शिक्षा

  • काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक क्षेत्रको गरिमामय र ठूलो राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार प्रा डा तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ ।

    यहाँ आज सम्पन्न ३२ औँ प्राज्ञ सभाले सो पुरस्कार सिफारिशसम्बन्धी प्राज्ञ परिषद्को निर्णयलाई अनुमोदन गरेको सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । सो पुरस्कार प्रत्येक चार वर्षमा एक पटक दिइन्छ । यस्तै प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने रु एक एक लाख ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ डा वीणा पौडेल घिमिरे र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ डा रामावतार यादवलाई प्रदान गरिने भएको छ । हरेक वर्ष दिइने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वर्ष २०७३ का लागि विमल निभा (विमलकृष्ण श्रेष्ठ) तथा वर्ष २०७४ का लागि धु्रव सापकोटालाई दिइनेछ ।

    पूरा पढ्नुहोस्  ›
  • कपिलवस्तु – शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले अबको शिक्षा उत्पादनमूलक हुनुपर्नेमा जोड दिएका छन् ।
    जिल्ला शिक्षा कार्यालयद्वारा चन्द्रौटा स्रोतकेन्द्रमा आयोजित आर्थिक वर्ष २०७४।७५ को वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण गोष्ठीलाई सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले आर्थिक समृद्धिका लागि उत्पादनमूलक शैक्षिक प्रणालीको खाँचो रहेको बताए । उनले भने, “शिक्षा नै समृद्धिको मेरुदण्ड हो । शैक्षिक विकास नभई मुलुकको विकास असम्भव छ ।

    पूरा पढ्नुहोस्  ›
  • नवलपरासी – तीन वर्ष पहिले नै साक्षर जिल्ला घोषणा भइसकेको नवलपरासीमा अझै पनि सयौँ बालबालिका नियमित शिक्षाबाट वञ्चित छन् ।

    सामाजिक चेतनाको कमी, गरिबी र बढ्दो महँगीले केही बालबालिका विद्यालय जानबाट वञ्चित छन् भने केहीले प्राथमिक तहमै विद्यालय छोड्ने गरेका छन् ।

    जिल्लामा करिब ४२ हजार बालबालिका छन् । जिल्ला शिक्षा कार्याललले जिल्लामा ती बालबालिकामध्ये करिब दुई प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित रहेको जनाइएको छ तर पहाडी क्षेत्र र सीमावर्ती क्षेत्रमा विद्यालयको पँहुचभन्दा बाहिर रहेका बालबालिकाको संख्या बढी भएको बताइन्छ ।

    पूरा पढ्नुहोस्  ›
  • म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ राखुभगतवती माझखर्कमा स्थानीयको पहलमा बालकक्षा संचालन गरिएको छ ।

    माझखर्कमा रहेका साना बालबालिका पठनपाठन गर्न १ घण्टा टाढा जानुपर्ने बाध्यतालाई हटाउन बाल कक्षा संचालन गरिएको हो ।

    बालकक्षा संचालनका लागि राखु भगवती निवासी समाजसेवी लोकबहादुर भण्डारीबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित तीन लाख ६८ हजार सहयोग संकलन भएको थियो ।

    पूरा पढ्नुहोस्  ›
  • म्ला -तातोपानी गाउँपालिका–८ टोप्ला ताम्तीका बासिन्दाले १० जोड दुई कक्षा सञ्चालनका लागि देउसी भैलो खेलेर रु २५ लाख १२ हजार संकलन गरेका छन् ।

    जुम्लाकै अति दुर्गम क्षेत्रमा अवस्थित साविकको प्रस्तावित कालिका माध्यमिक विद्यालयलाई १० जोड २ मा स्तरोन्नति गर्न विद्यालयको नेतृत्वमा त्यहाँका समुदायले सामूहिक देउसी भैलो खेलेका हुन् । तिहारमा खेलिएको देउसीबाट रू २५ लाख ४२ हजार संकलन भएको साविकको ताम्ती गाविस वडा नं ७ का स्थानीय समुदायका अगुवा मानबहादुर शाहीले जानकारी दिनुभयो ।

    पूरा पढ्नुहोस्  ›
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180