शिक्षा

  • त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीलाई समेत पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ । घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्माचार्य्विरुद्ध सोमबार मुद्दा चलाएको छ । उनीसहित भक्तपुर क्याम्पस, दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र अर्का एक परीक्षार्थी केदार […]

    पूरा पढ्नुहोस्  ›
  • गत चैतमा सम्पन्न एसईईमा एक परीक्षार्थीले बाहिरबाट लेखेर ल्याएको उत्तरपुस्तिकासँग मूल उत्तरपुस्तिका साटेको आशंकामा राष्ट्रिय परीक्षा बोर्डले छानबिन थालेको छ । जुम्लाको जनता मावि महतगाउँका विद्यार्थी विमल भण्डारीमाथि छानबिन थालिएको हो। भण्डारीले जुम्लाकै कर्णाली मावि अनामनगर केन्द्रबाट परीक्षा दिएका थिए। स्रोतका अनुसार भण्डारी शिक्षा तथा मानव विकास स्रोत केन्द्रका अधिकृत जीवन भण्डारीका छोरा हुन् । […]

    पूरा पढ्नुहोस्  ›
  • विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन् । बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना भियतनाम र आठजना चीन उड्दै छन् । भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य, राममणि गौतम, […]

    पूरा पढ्नुहोस्  ›
  • परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीर्ण भएका छन् भने प्राविधिकतर्फ ९ हजार ६३३ जना उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो । जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने […]

    पूरा पढ्नुहोस्  ›
  • पाल्पा – रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचाैँ नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६-७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताइएको छ । नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बीमाको व्यवस्था गरिएको र छोरी जन्मिएमा […]

    पूरा पढ्नुहोस्  ›
  • भक्तपुर-परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उहाँले कुनै प्राविधिक त्रुटी […]

    पूरा पढ्नुहोस्  ›
  • त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित फेरि सम्झौता गरेको छ । त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो । उक्त विश्वविद्यालयले गत बुधबार काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । यसलगत्तै त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्रमा (एमओयू) मा हस्ताक्षर गरेका हुन् । ‘त्रिवि […]

    पूरा पढ्नुहोस्  ›
  • हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ । प्रधानध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै पढाउने गरेका छन् । ‘एकजनाले पाँचवटा कक्षाकोठामा पढाउनुपर्ने अवस्था छ । दिनमा एक कक्षाकोठामा एक घन्टी मात्र जान भ्याइन्छ । अन्य समय विद्यार्थीलाई पढ्दै गर, फलानो पाठ […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं–त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेको सेमेष्ट्रर प्रणालीलाई आधुनिक,गुणस्तरीय एवं विश्वस्तरीय बनाउने भएको छ । त्यसका लागि विश्वविद्यालयले विद्यार्थी केन्द्रीत शैक्षिक प्रणाली निर्माण गर्ने विषयमा विज्ञहरुसँग छलफल गरेको छ । भक्तपुरको नगरकोटमा भएको एक कार्यशालामा सेमेष्टर प्रणालीमा कक्षा सञ्चालन भइरहेका उपत्यका वाहिरका १६ वटा आंगिक क्याम्पसवाट ३२ जना र अन्य उपत्यकाका विभिन्न आंगिक क्याम्पसहरु समेत गरी […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं – विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् । नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन । बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको […]

    पूरा पढ्नुहोस्  ›
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180