प्रवास

  • काठमाडौं । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ७५ हजार ६४९ जनाको मृत्यु भएको छ । अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् । न्यु योर्कमा मात्रै २६ हजार १४४ जनाको मृत्यु भएको छ । त्यस्तै न्यु जर्सीमा ८ […]

    पूरा पढ्नुहोस्  ›
  • अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् […]

    पूरा पढ्नुहोस्  ›
  •   स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् । संक्रमित ब्यक्तिहरुको […]

    पूरा पढ्नुहोस्  ›
  • वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५/७६ मा १५ करोड ८४ लाख ठगी भएको हो । अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि नियन्त्रण गर्न […]

    पूरा पढ्नुहोस्  ›
  • नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा […]

    पूरा पढ्नुहोस्  ›
  • सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हेटौँडाबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले तीन सय युवाबाट पौडेलले पाँच लाखसम्म रकम उठाएको बताए । ‘पानीजहाजमा क्रु मेम्बरको […]

    पूरा पढ्नुहोस्  ›
  •   रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन् । कतिपय परिबन्दले पनि जेल पुगेका छन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि […]

    पूरा पढ्नुहोस्  ›
  • वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डको तथ्याकं छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ । वैदेशिक रोजगारका लागि बिदेसिने कुल संख्याको ८६.४२ प्रतिशत […]

    पूरा पढ्नुहोस्  ›
  • सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । ‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् । उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० […]

    पूरा पढ्नुहोस्  ›
  • रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सजिलोका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको एपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । उनका अनुसार काठमाडौंमा २१, ललितपुरमा सात र पोखरामा चारवटा […]

    पूरा पढ्नुहोस्  ›
370X180

धेरैपटक हेरिएको

370X180
370X180