उर्जा

  • काठमाडौं–माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि आजदेखि खुला भएको छ । माथिल्लो तामाकोशीले तेस्रो चरणमा आजबाट सर्वसाधारणका लागि सेयर निष्काशन खुला गरेको हो । माथिल्लो तामाकोशीले १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो । आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् […]

    पूरा पढ्नुहोस्  ›
  •   काठमाडौं – ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले अर्को वर्षको कात्तिकमा मात्र बिजुली उत्पादन गर्ने भएको छ । यसअघि यसै वर्षको पुसबाट पहिलो युनिटमार्फत ७६ मेगावाट र चैतभित्रमा पूर्ण क्षमतामा चलाउने तयारी थियो । तर काममा ढिलाई भएपछि २०७६ सालको असारमा मात्र सुरुङमा पानी पठाउने र आउँदो वर्षको कात्तिक ३ गते मात्र व्यापारिक […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं – यो वर्षको तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भन्नुभयो, ‘ यो तिहारमा लोडसेडिङ हुन्न, गएको वर्षको भन्दा राम्रो अवस्थामा छौँ, सबै व्यवस्थापन मिलायौँ, सप्लाई र उपकरण को समस्या छैन ।’ यो वर्षको तिहारमा अधिकतम माग १२७० मेगावाट पुग्न सक्ने […]

    पूरा पढ्नुहोस्  ›
  • परासी  । नवलपरासीमा सञ्चालित गण्डक जलविद्युत् केन्द्र सुर्यपुराको मर्मत नहुँदा बार्षिक ८० करोड रुपैयाँ घाटा व्यहोर्नु परेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ७ सुर्यपुरामा सञ्चालित पावर हाउसमा बिग्रिएका टरवाईन १ र २ को मर्मत नहुँदा बार्षिक ८० करोड रुपैयाँ घाटा लाग्ने गरेको हो । पावर हाउसमा ५÷५ मेगावाट क्षमताका ३ वटा टरवाईन जडान गरिएको छ […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । उर्जा,जलस्रोत,तथा सिंचाईमन्त्री बर्षमान पुन र दक्षिण कोरियाली राजदूत योङग सिक पार्कबीच २१६ मेगावाटको माथिल्लो त्रिशुली –१ आगामी जनवरीबाट निर्माण सुरु गर्ने सहमति भएको छ । बुधबार सिंहदरवारमा मन्त्री पुन र दक्षिण कोरियाली राजदूत  पार्कबीचको भेटमा कोरियाली पक्षले माथिल्लो त्रिशुली १ जनवरीबाट सुरु गर्नेगरी तयारी भइरहेको जनाएको हो । भेटमा अन्य सहकार्यका विषयमा समेत छलफल […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनालाई इन्धनबाट २४ अर्ब रुपैयाँ जुटेको छ । सरकारले पेट्रोलियम पदार्थमा थप कर लगाएर बूढीगण्डकी आयोजनाका लागि इन्धनबाट यो रकम जम्मा गरेको हो । सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेट मार्फत स्वच्छ ऊर्जा विकासका लागि उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी आयल निगमले आयात गर्ने पेट्रोल, डिजेल र हवाई […]

    पूरा पढ्नुहोस्  ›
  • ढाका । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) प्रवर्द्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले […]

    पूरा पढ्नुहोस्  ›
  • ढाका । बङ्गलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन बङगलादेश भ्रमणमा रहेका बेला बङ्गलादेशले यस्तो योजना सार्वजनिक गरेको हो । उसले २०४० भित्र ९ हजार मेगावाट नेपालबाट बिजुली खरिद गर्ने योजना अघि सारेको हो । बङगलादेशको पावर, उर्जा र मिनरल रिसोर्स मन्त्रालय अन्र्तगतको पावर डिभिजनले […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ । दुई हजार ३५६ मेगावाट क्षमताका करीब १०७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । वित्तीय व्यवस्थापन गरी निर्माणमा रहेका ती आयोजनामध्ये अधिकांश आगामी वर्ष निर्माण सम्पन्न गर्ने जानकारीसमेत प्राधिकरणलाई गराएका छन् । प्राधिकरणले ३३ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशित गरेको विवरणअनुसार राष्ट्रिय […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सय किलोवाटभन्दा कम क्षमताका लघुजलविद्युत्लाई राष्ट्रिय प्रसारणको लाइन (ग्रीड) मा जोड्न स्वीकृति दिएपछि ग्रामीण क्षेत्रमा निर्माण भएका लघुजलविद्युत् आयोजनाहरु प्राधिकरणसँग विद्युत् खरीद सम्झौता भई धमाधम ग्रीडमा जोडिन थालेका छन् । प्राधिकरणको बोर्डले २०७१ साउनमा १०० किलोवाटमुनिका लघुजलविद्युत् आयोजनालाई केन्द्रीय प्रसारणलाइनमा जोड्न सकिने निर्णय गरेपछि चारवटा आयोजना ग्रीडमा जोडिएका हुन् । […]

    पूरा पढ्नुहोस्  ›
370X180

धेरैपटक हेरिएको

370X180
370X180