Aawaj Nepal

About Us

हामी तेस्रो बसन्तमा छौ ।

सतर्क मिडिया प्रा.लि. सुचना तथा सञ्चार जगतमा सत्य, तत्य, यर्थाथ, सन्तुलित र निस्पक्ष पत्रकारिता गर्ने उद्धेश्यले स्थापना भएको सामाजिक संस्था हो । २०७३ मा स्थापना भई नेपाली आम जनतालाई सुचना, सन्देश, मनोरञ्जन, विचार र विश्लेषण सहितको निस्पक्ष तथा जनपक्षिय समाचार तथा बृत्तचित्र प्रकाशन र प्रसारण गर्दै आईरहेको छ ।

२०७३ जेठ १५ गते नेपालमा “गणतन्त्र” स्थापना भएकै दिन सतर्क मिडियाले www.aawajnepal.com अनलाईन पत्रिका अग्रेजी  र नेपाली भाषाबाट प्रकाशन गरी आम जनतालाई सुचना सम्प्रेषण गर्दै आएको छ ।

पछिल्लो समय राजनीतिक विकासक्रम र देशमा आएकोे परिवर्तनले आम जनतालाई आशा जगाईरहेको छ । देश सम्बृद्धिको बाटोमा हिडिरहेको छ र यसलाई निरन्तरता दिनका लागि संचार माध्यमबाट सबै खालका खबरदारी गर्ने प्रतिबद्धता गरेका छौ ।

नेपाल विषम् परिस्थितिबाट बाहिर आईसकेको र अब विकास र सम्बृद्धिमा कतै बाटो विराउनुहुन्न भन्ने हाम्रो निष्कर्ष हो । यही निष्कर्षका साथ आवजनेपालडटकमले नेपालको राजनीतिक, सामाजिक, आर्थिक, जनस्वस्थ्य, मनोरञ्जन, साहित्य, कला, सस्कृति,पर्यटन, कृषी र उर्जाको क्षेत्रमा शसक्त कलम चलाउने प्रण गरेका छौ ।

पछिल्लो समय सरकारले संचालन गरेको पर्यटन विकास र प्रबद्र्धनको कार्यक्रमलाई सफल बनाउनका लागि हामी देशभरका पर्यटकीय क्षेत्रको समाचार लेखन, प्रकाशन तथा बृत्तचित्र निर्माण गरी पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य लिएका छौ । यो लक्ष्य भेटाउन हामी निजी क्षेत्र, पर्यटन व्यवसायी, स्थानीय र सरकारका मातहतका निकायसंग सहकार्य गर्नेछौ ।

देशमा भईरहेको राजनितिक अस्थिरता लगभग सकिसकेको छ । बहुमतसहितको एउटा आश लाग्दो एउटा पार्टी र दुईतिहाई सहितको स्थिर सरकार नै अब नेपाल विकासको महत्वपूर्ण कोसेढुंगा हो । अझ भनौ नेपालीहरुको भाग्य र भविष्यको यो महत्वपूर्ण खुट्किलो पनि हो । यही आधार र जगमा टेकेर विकास र सम्बृद्धिको पक्षमा हामी निरन्तर कलमको माध्यमबाट खबरदारी गरिरहनेछौ । र हाम्रो यात्रा निरन्तर जारी रहनेछ ।

उद्धेश्य
सत्य, तथ्य, निस्पक्ष र जनपक्षिय समाचार सम्प्रेषण
सुचनामुलक समाचार तथा सन्देश प्रकाशन र प्रसारण गर्ने
जनतालाई सु–सुचित गर्नका लागि अनलाईन, अडियो, भिडियो सामग्री उत्पादन तथा प्रकाशन प्रसारण
विकास पत्रकारितामा जोड दिदै कृषी, पर्यटनलाई प्रबद्र्धन गर्ने

लक्ष्य

पर्यटकीय क्षेत्रको अध्ययन अनुसन्धान गर्ने
पर्यटकीय क्षेत्रको विकासका लागि खबरदारी र पहल गर्ने तथा प्रचारप्रसारका लागि सुचना प्रकाशन प्रसारण तथा बृत्तचित्र निर्माण गर्ने
भिजन २०२० मा नेपालमा २० लाख पर्यटन भित्र्याउने सरकारको नितिलाई सफल बनाउन पर्यटकीय क्षेत्रहरुको पहिचान गर्ने र संचार माध्यमबाट पर्यटकीय क्षेत्रको बारेमा सुचना जानकारी प्रकाशन र प्रसारण गर्ने
देशभरीका कम्तिमा १०० पर्यटकीय क्षेत्रको पहिचान गरी बृत्तचित्र बनाई पर्यटनलाई प्रबद्र्धन गर्ने
कर्णाली प्रदेशका कम्तिमा १५ ओटा पर्यटकीय स्थलको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गराउने
विभिन्न साँस्कृतिक सम्पदाको बृत्तचित्र र प्रचार प्रसारण गर्ने
नेपालको उर्जा विकास, सम्भावना, क्षेत्र विकासमा पहल गर्ने
ग्रामिण क्षेत्रको स्वास्थ्य अवस्था उनीहरुको जीवनस्तर तथा राज्यले दिएको सेवामा उनीहरुको पहुँचबारे खबरदारी गर्ने
हाम्रो सहकार्य तथा सहयात्री
नेपाल सरकार
पर्यटन, कृषी तथा उर्जा मन्त्रालय
पर्यटन विभाग
निजि क्षेत्र
सरकारी तथा गैरसरकारी संघ सस्था
प्रदेश सरकार
स्थानीय तह
राजनितिक दल
नागरिक समाज
पर्यटन व्यवसायी
बैंक तथा वित्तिय क्षेत्र
शैक्षिक क्षेत्र
स्वास्थ्य क्षेत्र
प्रहरी प्रशासन
लगायत विभिन्न सरोकारवाला निकाय

हाम्रो प्रभाव क्षेत्र
अहिले सञ्चार जगतले संसारलाई साँघुरो बनाउदै गएको छ । हाम्रो प्रभाव क्षेत्र कुनै निश्चित ठाँउ वा व्यक्ति होईनन् । हाम्रो क्षेत्र संसारभरी छरिएर रहेका सबै नेपाली हाम्रा पाठक, श्रोता र दर्शक हुन् । सामाजिक सञ्जाल मार्फत हाम्रो समाचार, विचार, विश्लेषण, र मनोरञ्जनका सामाग्री प्रत्यक्ष पढ्दै, सुन्दै र हेर्दै मनोरन्ज, सुचना र जानकारी लिन सकिने छ ।

अहिले हाम्रो मुख्य पाठक नेपालमा रहेका छन् । यस्तै विदेशमा रहेको नेपालीहरु पनि हाम्रा मुख्य पाठ, श्रोता र दर्शक हुन् । मलेसिया, जापान, दुबै, साउदी अरेविया, कुवेत, कतार, अमेरिका, अष्ट्रिलिया, क्यानाडा, अफ्रिका लगायतका मुलकका नेपालीहरु हाम्रा पाठक ,श्रोत तथा दर्शक हुन् ।
इन्टरनेटको पहुँच पुगेका र सामाजिक सञ्जालमा जोडिका हरेक नेपाली हाम्रा पाठक, श्रोता र दर्शक हुन् । विश्वका कुनै कुनाबाट हाम्रो सामग्री हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ । हामी अनवरत यात्रा गरिरहेका छौ र रहिरहनेछ ।

Aawaj Nepal
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180