Aawaj Nepal
Aawaj Nepal

सक्षम स्मृति प्रतिष्ठानद्वारा सुनापति गाँउपालिकालाई खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण


आवाज नेपाल, २०७८ जेठ २४ सोमबार


सक्षम स्मृति प्रतिष्ठानद्वारा सुनापति गाँउपालिकालाई खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण


रामेछापको सुनापति गाउँपालिकालाई कोभिड व्यवस्थापनका लागि सक्षम स्मृति प्रतिष्ठानले खाद्यन्न तथा स्वास्थ्य सामाग्री हस्तारन्तरण गरिएको छ । सोमबार प्रतिष्ठानका अध्यक्ष प्रबिन कुमार बलले सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता विष्टलाई खाद्यन्न र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । कोभिडका विरामीलाई स्वास्थ्य लाभका लागि पोषणयुक्त खाद्य सामाग्री हस्तान्तरण गरिएको छ । खाद्यन्न र स्वास्थ्य सामाग्री गरी करिब दुईलाख पचासहजार बराबरको हस्तान्तरण गरिएको अध्यक्ष बलले आवाज नेपाललाई बताए । उहाँका अनुसार सुनापति गाउँपालिकाको १ र ३ नं वडाका ३२/२३ गरि ५५ जनालाई एन्टिजेन परिक्षणमा सहयोग गर्ने र सुनापति गाउँपालिकाबाट अन्यत्र लैजानु पर्ने कोभिडका विरामीलाई दश हजारका दरले सहयोग गर्ने र काठमाण्डौ र सुनापतिमै कोभिडका कारणले चुलो बाल्न नसकिने परिवारलाई सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
यस्तै गाउँपालिकाका उपाध्यक्ष विष्टले सहयोग र सहकार्यप्रति आभार व्यक्त गरिन् । उनले सबैको सहयोग र साथले नै कोरनालाई पाराजित गर्ने बताउदै सबैलाई आफूले सकेको सहयोग गर्न समेत आग्रह गरिन् । उहाँले भनिन् मैले आर्थिक वा अन्य कुराहरुबाट भन्दा पनि हामी घरमै बसेर स्वास्थ्य मापदण्ड पालना गरेर सहयोग गरौँ यो पनि सहयोग हो, आर्थिक भौतिक मात्र सहयोग होइन । प्रतिष्ठानका बल नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिव समेत हुन्।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180
370X180