Aawaj Nepal
Aawaj Nepal

छायाँश्वारी युवा क्लबद्वारा दोरम्बा सैलुङ गाउंपालिकालाई कोभिड ब्यबस्थापनका लागि स्वास्थ्य सामाग्री सहयोग


आवाज नेपाल, २०७८ जेठ ७ शुक्रबार


छायाँश्वारी युवा क्लबद्वारा दोरम्बा सैलुङ गाउंपालिकालाई कोभिड ब्यबस्थापनका लागि स्वास्थ्य सामाग्री सहयोग

मन्थली । रामेछापको दोरम्बा सैलुङ गाउँपालिकालाई छायाँश्वारी युवा क्लब दोरम्बा ६ लखनपुर कोभिड ब्यबस्थापनका लागि विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । शुक्रबार क्लवका पदाधिकारीले दोराम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानलाई सहयोग हस्तान्तरण गरिएको पालिकाका सुचना अधिकृत उज्ज्वल पाठकले बताए ।https://youtu.be/MwTuRpJ2niI स्वास्थ्य सामाग्री क्लब अध्यक्ष श्री मिनेन्द्र दाहाल, सल्लाहकार भिष्म गौतम,तोयाराज गौतम, रुद्र बहादुर भुजेल , उपाध्यक्ष रञ्जन गौतम , सचिब रत्न देवकोटाको टोलिले गाउँपालिका अध्यक्ष मोक्तान, गाउँपालिका अन्तरगतका वडा अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , सूचना अधिकारी लगायत गाउपालिकाका कर्मचारीहरु सहभगी रहेको टोलीलाई प्रदान गरिएको हो । स्वास्थ्य सामाग्री बुझ्दै पालिका अध्यक्ष मोक्तानले सामाजिक कार्यका लागि क्लबलाइ बिशेष धन्यवाद दिए । उनले अहिले कोभिडको यो विषम अवस्थामा सबै निकायको साथ र हात्तेमालो आवश्यक रहेको समेत बताए । उनले गाउपालिका कोभिड ब्यबस्थापनमा लागि परेको र सबैले साथ दिनुपर्ने बताए । उनले सबै समुदाय अहिले जोखिममा छ । हामी घरमै बसेर पनि सहयोग गर्न सकिन्छ । हामीले के गर्न सक्छौ त्यही सहयोग गरौं उनले भने ।?
क्लवबाट प्राप्त स्वास्थ्य सामग्री वडामार्फत स्वास्थ्य वितरण गरिने पालिकाका सूचना अधिकारी पाठकले बताए ।

क्लबका पदाधीकारी सहयोग सामाग्री हस्तान्तरण गरिदै । तस्बिर: उज्ज्वल पाठक

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180
370X180