Aawaj Nepal
Aawaj Nepal

कान्छाराम तामाङद्वारा रामेछापमा पहिलो पटक आइसियु बेडको स्थापना


आवाज नेपाल, २०७८ जेठ ४ मंगलबार


कान्छाराम तामाङद्वारा रामेछापमा पहिलो पटक आइसियु बेडको स्थापना

रामेछाप ।रामेछापमा पुर्ण बहादुर तामाङ ( कान्छाराम) को सहयोगमा पहिलो पटक आइसियु बेडको स्थापान गरेका छन् ।  रामेछापमा कोरोना संक्रमीत बढ्दै गैरहेको बेला आइसियु र अक्सिजन नपाएर ज्यान गुमाउनेको संख्या पनि  बढ्दै गएको तथा अहिले रामेछापमा आइसियु नहुदा याहाको बिरामी अन्य ठाउमा लैजानू पर्ने बाध्यता रहेको बेला नेपाली कांग्रेसका नेता तथा समाजसेवी पुर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछापको सदरमुकाम मन्थालिमा रहेको तामाकोशी अस्पताललाई तीन बेड आइसियु स्थापनाका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो ।
अहिले कोभिडको उच्च जोखिम भएको बेलामा सरकारी संयन्त्र उदासिन बन्दै गरेको अवस्थामा एउटा ब्यक्तिले कोभिडको  विरामीहरुलाई बचाउनकै लागि आइसियु स्थापना गर्नु अहिलेको अवस्थामा कोरना नियन्त्रणका लागि एक कोशेढुङ्गा साबित भएको स्थानीय बुद्धिजिविहरुले टिप्पनी गरेका छन ।
जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत  रहेका बुद्धिजिबिहरुले उक्त कामको प्रशंसा गरेका छन।

समाजसेवी  तामाङ (कान्छाराम)ले आफ्नो २५ लाख व्यक्तिगत लगानीमा तीनवेड आइसियु, त्यसमा लाग्ने मनिटर लगाएतका उपकरणहरु र चिकित्सक र कर्मचारीहरुलाई पिपिइसेट, सेनिटाइजर लगाएतका सामाग्रहीहरु तामाकोशी सेवा समितिका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेलाई हस्तान्तरण गरेका छन् ।
आइसियु वेड हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी एवं नेपाली काँग्रेसका नेता पूर्णवहादुर तामाङ (कान्छाराम)ले जिल्लामा हालसम्म कुनै पनि अस्पतालमा एउटा पनि आइसियु वेड नहुँदा धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेकोमा दुःख व्यक्त गरेका थिए । उनले भने,– आइसियु बेड नहुँदा यसअघि धेरै नागरिकहरुको मृत्यु भएको र हाल पनि कोरोना भाइरसका कारण दुईजना नागरिकले ज्यान गुमाएको खबर सुनेपछि अब उप्रान्त कुनै नागरिकहरुको अकालमा ज्यान नजाओस् भन्नका लागि आइसियु वेड र उपकरणहरु खरिद गरेर अस्पतालाई हस्तान्तरण छु ।
त्यस्तै अस्पतालमा हस्तान्तरण गरिएको आइसियु वेड र उपकरणहरु तत्काल संचालन गर्न उनले अनुरोध समेत गरेका छन् । कोरोना भाइरस महामारी अवधिभर आइसियुमा लाग्ने चिकित्सक र चाहिने जनशक्तिलाई आवश्यक तलव भत्ताको समेत स्वंय आफैले व्यवस्थापन गर्ने समाजसेवी कान्छाराम तामाङले बताए ।
अक्सिजन प्लान्ट स्थापना गर्ने
कार्यक्रममा बोल्दै समाजसेवी कान्छारामले कोरोना महामारीमा अक्सिजन नपाएर अकालमा नागरिकहरुले ज्यान गुमाइरहेको भन्दै मन्थली नगरपालिकाले १२ रोपनी जग्गा व्यवस्थापन गरिदिए आगामी तीन महिनाभित्र अक्सिजन प्लान्ट समेत निमार्ण गर्ने प्रतिबद्दता ब्यक्त गरे । अक्सिजन प्लान निमार्णको लागि आवश्यक सहयोग मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सहयोग पाएमा तत्काल जिल्ला सदरमुकाममा अक्सिजन प्लान्ट निमार्ण गर्ने घोषणा समेत गरे ।
यसैगरी तामाकोशी अस्पताललाई प्रदान गरिएको आइसियु वेड चाडो भन्दा चाडो सञ्चालनमा ल्याइने तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए । उनले भने– जिल्लामा आइसियु वेड नहुँदा धेरै समस्या थियो । पहिलो पटक तामाकोशी अस्पताललाई समाजसेवी कान्छाराम तामाङले आइसियु वेड प्रदान गर्नुभएको छ । यसलाई तत्काल संचालनमा ल्याएर गम्भिर भएका कोरोना संक्रमित बिरामीको ज्यान जोगाउन धेरै सहज हुनेछ ।

अस्पतालाई आइसियु बेड उपलव्ध गराएर समाजसेवी कान्छाराम तामाङले ठूलो पूण्यको काम गरेको तामाकोशी अस्पतालका डा.सुमन कर्माचार्यले बताए । अस्पतालमा आइसियु वेड नहुँदा विरामीलाई रिफर गरेर पठाउनु पर्ने, कतिपय विरामीहरुको विच वाटोमा नै अकालमा ज्यान गुमाउनु पर्ने र राजधानी पुगेका बिरामीहरुले पनि विभिन्न अस्पताल चाहार्दा पनि वेड पाउन नसक्दा ज्यान गुमाउनु पर्ने वाध्यता अब अन्त्य भएको बताए ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले अस्पताललाई अति आवश्यक आइसियु वेड र उपकरणहरु प्रदान गरेर सहयोग गरेको भन्दै समाजसेवी कान्छारामको प्रशंसा गरे  । उनले– अस्तालालाई आवश्यक पर्ने जस्तो सुकै सहयोग पनि मन्थली नगरपालिकाले गर्ने पनि बताए ।
त्यस्तै रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले अक्सिजनको अभाव र आइसियु वेडको अभाव हुँदा जिल्लामा कोरोना संक्रमित दुईजनाले अकालमा ज्यान गुमाएकाले अब उप्रान्त कुनै यस्तो अप्रिय घटना नहोस् भन्दै अस्पताललाई आवश्यक उपकरण प्रदान गरेर कान्छारामले ठूलो गुण लगाएको बताए ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले महामारीको समयमा जिल्लाका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्तिको अभाव, आवश्यक उपकरणहरुको अभाव खड्किएको बताए । उनले भने– ठूला ठूला महामारीहरु आउँदा त्यसलाई वेवास्थापन गर्ने किसिमको संरचना निमार्णमा हामीहरु चुकेको रहेछौं । यस्तो कोरोना महामारीको समयमा अस्पताललाई उपकरण हस्तान्तरण गरेर राम्रो काम गरेको भन्दै समाजसेवी कान्छारामलाई धन्यावाद व्यक्त गरेका छन् ।

यसैगरी नेपाली काँग्रेसका पार्टी सचिव लेखवहादुर कार्कीले गम्भिर प्रकृतीका कोरोना संक्रमितलाई बचाउने उद्धेश्यले दानबीर एवं समाजसेवी पूर्णवहादुर तामाङ (कान्छाराम)ले अस्पताललाई आइसियु वेड उपलव्ध गराएकोमा पार्टीको तर्फवाट र आम रामेछाप नागरिकहरुको तर्फवाट धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोनाले कुनै पार्टीका नेता वा कार्यकर्ता कसैलाई पनि नचिन्ने भएकाले आम नागरिकहरुलाई कोरोना लागेको खण्डमा बचाउन अति आवश्यक रहेको आइसियु वेड उपलव्ध गराएर आम रामेछापले नागरिकहरुको मन जित्न सफल भएको भन्दै कान्छारामको खुलेर प्रशंसा गरे ।
यसअघि समाजसेवी एवं नेपाली काँग्रेसका नेता पूर्णवहादुर तामाङ (कान्छाराम)ले आफ्नो व्यक्तिगत लगानीमा जिल्लामा एक दर्जन भन्दा बढी एम्वुलेन्स विभिन्न स्वास्थ्य चौकी र क्लवहरुलाई हस्तान्तरण गरेका छन् । त्यसैगरी समाजसेवी कान्छारामले २०७२ सालको विनासकारी भुकम्पको समयमा, विभिन्न बिपद्का घटनाहरुमा समस्या परेका नागरिकहरुलाई आफ्नै खर्चमा हेलिकोप्टर चार्टर गरेर उद्धार र राहात बितरण गरेर आम रामेछापेली नागरिकहरुको मन जित्न सफल भएका छन् ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180
370X180