Aawaj Nepal
Aawaj Nepal

रामेछापमा कान्छाराम तामाङद्वारा ३ आइसियु बेड हस्तान्तरण गरिदै


आवाज नेपाल, २०७८ जेठ ४ मंगलबार


रामेछापमा कान्छाराम तामाङद्वारा ३ आइसियु बेड हस्तान्तरण गरिदै

रामेछाप । रामेछापको तामाकोशी सहकारी अस्पताललाई नेपाली कांग्रेसका नेता तथा सामाजसेवि पुर्ण बहादुर तामाङ(कान्छाराम) ले आज ३ बेडको आइसियु सामाग्री हस्तान्तरण गरिदै छन् । गृह जिल्ला रामेछापमा कोभिडको बिरामी बढ्दै गएसंगै उपचारमा सहजताका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको बताए । उनले जिल्लामा अहिले कोरानाको बिरामी बढेको र जटिल अवस्थामा उपचारका लागि रामेछापमा आइसियु बेड नहुदा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई मद्यनजर गरि हस्तान्तरण गर्न लागेको हो ।
उनले आइसीयूमा प्रयोग हुने ३ वटा बेड, त्यसका लागि आबश्यक मनिटर र अन्य सामाग्रीहरु सोमवार जिल्लामा पु¥याइसकेको छ र उक्त समाग्रीहरु मंगलवार दिउसो १ः३० वजे तामाकोशी अस्पतालाई औपचारिक रुपमा हस्तान्तरण
गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेसका रामेछापका सचिब लेख वहादुर कार्कीले बताए ।

मुलुकभर फैलिरहेको न्यू भेरियन्ट सहितको (कोरोना भाइरस) कोभिडका कारण जिल्लाका नागरिकहरुले अकालमै ज्यान गुमाउनु नपरोस भनि उक्त समाग्री आफुले जिल्ल्लामा रहेको तामकोशी अस्पताललाई हस्तान्तरण गर्न लागेको तामाङले बताए । देशभर अक्सिजन,आइसियू र भेन्टिलेटरको अभावमा विरामीहरुको ज्यान जाने दर दिनानुदिन बढ्दै गएका कारण आइसीयूको अभावमा जिल्लाका नागरिकहरुले ज्यान गुमाउनु नपरोस र यो सहयोगले विरामीको ज्यान जोगाउन अस्पताललाई टेवा पुगोस भन्ने उद्देश्यका साथ पनि आफुले यस प्रकारको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्न लागेको बताए ।
नेपाली काँग्रेसका नेता,एबं संघिय सांसदका उमेद्वार समेत बन्नु भएका तमाङले यस अघि पनि जिल्लामा एम्बुलेन्स,शव वाहन हस्तान्तरण गुर्नका साथै अन्य समामजिक कामका लागि पनि सहयोग गरिदै आएको छ ।

 

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180
370X180