Aawaj Nepal
Aawaj Nepal

कोभिडबाट दोरम्बामा एकै परिवारका २ जनाको मृत्यु


आवाज नेपाल, २०७८ वैशाख २७ सोमबार


कोभिडबाट दोरम्बामा एकै परिवारका २ जनाको मृत्यु

मन्थली । रामेछापको दोरम्बामा कोभिडका कारण एकै परिवारका २ पुरुषको ज्यान गएको छ । एक जनाको परिक्षणमा कोरना पुष्टि भएको र अर्कोको परिक्षण गर्न सकेको थिएन । केही हप्ता अघिदेखी नै उत्क पुरुषलाई लक्षण देखिएको थियो । तर उनले कोभिड परिक्षण गर्न भने नमाने स्थानीयको भनाई छ । सोमबार बिहान ज्यान गएको दोरम्बा २ दोरम्बाका वडाअध्यक्ष खड्क बहदुर श्रेस्ठले बताउनु भयो । एक जनाको कठमाण्डौमा र एक जनाको दोरम्बामा ज्यान गएको हो।  दोरम्बामा केहिदिन अघि नै कोभिडको संक्रमण देखिएको थियो । अहिले दोरम्बामा कोरनको उच्च जोखिम बढेको छ । अहिले दोरम्बाका सरकारी कार्यालय बैशाख मसन्तसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरुएको छ ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180
370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180
370X180