Aawaj Nepal
Aawaj Nepal

रामेछापको दोरम्बामा दलित बस्तिमा आगलागी, २५ लाखको क्षति


आवाज नेपाल, २०७८ वैशाख ३ शुक्रबार


रामेछापको दोरम्बामा दलित बस्तिमा आगलागी, २५ लाखको क्षति

रामेछाप । रामेछापको दोरम्बाको एक दलित बस्तिमा आगलागी भएको छ । दोरम्बा २ दोरम्बाको ओख्रेनिको तीन घर परिवार रहेको दलित बस्तिमा आगलागि हुदा उक्त बस्तिका दुई घर जलेर नष्ट भएका छन । आगलागिबाट अन्दाजी २५लाख बराबरको क्षति भएको दोरम्बा २ का वडा अध्यक्ष खड्क बहादुर श्रेस्ठले आवाजनेपाललाई बताउनुभयो । उहाका अनुसार शुक्रबार बिहान ४ बजेतिर आगो सल्केको हो । हावा र हुरिका कारण घरमा रहेको आगो सल्केको हो । आगो स्थानिय, प्रहरी तथा नेपाली सेनाको सहयोगमा नियन्त्रन्मा लिएको थियो । अहिले स्थानीय सरकारले राहत बितरण गरिको वडा अध्यक्ष श्रेष्ठको भनाई छ । क्षतिको बिषयमा थप बिबरण संकलन गर्ने काम गरिरहेको जनाएको छ । स्थानीय सरकारले खाध्यन्न तथा लत्ता कपडा बितरण गरिएको छ ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180