Aawaj Nepal
Aawaj Nepal

दोरम्बामा अनलाइन मार्फत घटना दर्ता कार्य सुरु


आवाज नेपाल, २०७८ वैशाख ३ शुक्रबार


दोरम्बामा अनलाइन मार्फत घटना दर्ता कार्य सुरु

मन्थली । रामेछापको दोरम्बा गाउँपालिकामा घटना दर्ताको काम अनलाइनबाट सुरु गरिएको छ । बिहिबार दोरम्बा गाउँपालिकाले एक कार्यक्रमकाबिच अनलाइन मार्फत दोरम्बा गाउपालिकाका अध्यक्ष कमानसिं मोक्तानले पालिकाको २ नं वडा कार्यालयमा उत्घाटन गरिएको हो । दोरम्बामा सुचना प्रबिधिमैत्री बनाउने उद्धेश्य अनुरुप अनलाइन प्रबिधिको प्रयोग गरिएको दोरम्बा गाउपालिकाका सुचना अधिकृत उज्ज्वल पाठकले जानकारी दिनुभयो । सुचना अधिकृत पाठकका अनुसार दोरम्बालाई प्रबिधिमैत्री बनाउने काम सुरु गरिएको छ । दोरम्बाको सबै वडा, स्वास्थ्री संस्था र सबै माध्यमिक बिध्यालयमा इन्टरनेटको सुबिधा केही महिनाभित्रै गर्ने काम गाउपालिकाले गरिएको पनि जानकारी दिनुभयो । उहाले भन्नुभयो,” टेन्डरको प्रकृया अन्तिम चरणमा पुगेको छ, यहि महिनाभित्रै काम गरिसक्ने पालिकाको तयरी छ । यहि अनुरुप हामी काम गरिरहेको छ । ”
प्रबिधिमैत्री पालिका बनाउने काम अब दुई नम्बर वडपछि ६ नं वडामा सुरु गरिने पालिकाले जनएको छ । अहिले इन्टरनेटको सुबिधा भएको वडामा काम गर्ने र सबै वडामा इन्टर्नेटको सुबिधा हुनेबित्तिकै सबै वडालाई प्रबिधिमैत्री बनाउने दोरम्बा गाउपालिकाका अध्यक्ष कमानसिं मोक्तानले बताउनुभयो । यस दोरम्बामा इन्टरनेट सेवा नहुदा अनलाइन मार्फत गर्ने काम प्रभाबित हुने गरेको थियो ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180