दोरम्बा । रामेछापको दोरम्बामा निर्माण हुने १५ शैयाको दोरम्बा प्राथमिक अस्पतालको भवन निर्माणका लागि सम्झौता भएको छ । मंगलबार दोरम्बा गाउँपालिका र आरोग्य– सुवेदी जेभि भनीमण्डल ललितपुर नेपाल बीच ११ करोड ३१ लाख रुपैयामा काम सम्पन्न गर्नेगरी सम्झौता भएको दोरम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिराज मरासेनीले बताउनुभयो ।
सम्झौतापत्रमा १ बर्षमा काम सम्पन्न गर्ने गरी कामको जिम्मेवारी दिएको प्रमुख प्रशासकीय अधिकृत मरासेनीको भनाई छ । दोरम्बामा प्राथमिक अस्पतालको निर्माणसंगै दोरम्बाका स्थानीयले सर्वसुलभ स्वास्थ्य सेवा पाउने अपेक्षा दोरम्बा गाउँपालिकाले गरेको छ । यस्तै यस अघि नै बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले दोरम्बामा एक विशेषज्ञ सेवा विस्तार गरी ग्रामिण क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने जनाएको छ ।