Aawaj Nepal
Aawaj Nepal

सार्वजनिक शिक्षाको सबलीकरणमा युवा कार्यक्रमका लागि गाउँपालिका र राष्ट्रिय युवा परिषदवीच द्विपक्षीय सम्झौता


आवाज नेपाल, २०७७ चैत १८ बुधबार


सार्वजनिक शिक्षाको सबलीकरणमा युवा कार्यक्रमका लागि गाउँपालिका र राष्ट्रिय युवा परिषदवीच द्विपक्षीय सम्झौता

दोरम्बा । रामेछापको दोरम्बा गाउँपालिका र राष्ट्रिय युवा परिषद सार्वजनिक शिक्षाको सबलीकरणमा युवा कार्यक्रम २०७७ वीच द्विपक्षिय सम्झौता भएको छ । मंगलबार दोरम्बा गाउँपालिकाको अध्यक्ष कमानसिं मोक्तान र राष्ट्रिय युवा परिषद नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले एक कार्यक्रमकावीच सम्झौतापत्रमा हस्ताक्षरण गुर्नभएको हो ।
शैक्षिक बेरोजगारको दर बढिरहेको र युवा विदेशीरहेको अवस्थामा युवालाई उद्यमशील तथा युवालाई स्वरोजगार बनाउनका लागि दोरम्बाका ९ वटा माध्यमिक विद्यालयमा एक एक वटा उद्यमशील कार्यक्रम संचालन गर्ने गरी विद्यालयको प्रध्यानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुवीच पनि सम्झौता भएको छ । उक्त कार्यक्रममा दोरम्बा गाउँपालिकाले प्रत्येक विद्यालयलाई पाँच लाखका दरले अनुदान तथा युवा परिषदको पाँच लाख रुपैया गरी दश लाख रुपैयामा उक्त कार्यक्रम कार्यन्वयन गर्ने सम्झौता भएको दोरम्बा गाउँपालिकाका शिक्षा अधिकृत धनध्वज लामाले बताउनुभयो ।

कार्यक्रममा सबै वडाका पाच/पाँच जनका दरले युवा स्वयमसेवक परिचालन गरिने छ । उक्त स्वयमसेवकहरुले युवालाई उद्यमशील शिक्षामा जोड दिने तथा युवालाई शैक्षिक स्वरोजगारी बनाउनका लागि सहजीकरण गर्ने जनाएको छ ।
यस्तै कार्यक्रममा राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी उपाध्यक्ष ढुंगेलले कुनै पनि पार्टी वा आस्थाको आधारमा विभेद नगरीकन समुनता समाज निर्माणका लागि सबै युवालाई समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै समुदायका सबै बर्गमा मानिसको सहभागी सम्मान हुनुपर्नेमा जोड दिनुभयो ।

हिजो हामी विभिन्न कालखण्डमा विभिन्न आन्दोलन गर्यौँ, अब मानव विकासका लागि हामीले एक मत भएर लाग्नुपर्छ । नेपालमा कृषीको सम्भावना भएको भएपनि प्रशस्त उत्पादन गर्न नसक्दा परनिर्भरतासंगै ठूलो रकम बाहिर गइरहेको भन्दै उहाँले कृषी उत्पादनलाई बढावा दिनका लागि सबै तहका सरकार एक हुनुपर्ने बताउनुभयो ।

यस्तै दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले दोरम्बामा शैक्षिक परिवर्तन र उन्नतीको लागि पालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले हिजोका दिनमा विभिन्न समस्या झेलिरहेको विद्यालयमा गाउँपालिकाले विभिन्न सहयोग तथा विकास गरिरहेको बताउनुभयो । शैक्षिक क्षेत्रको विकास भयो भने देशको विकास हुनुभएकाले शैक्षिक उन्नती र शैक्षिक प्राणली विकासका लागि दोरम्बा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले शैक्षिक उन्नती तथा स्वरोजगार शैक्षिक प्रणाली विकासका लागि पालिकाले सबै माविलाई आगामी बजेटमा पाँच लाख रुपैया विनियोजन गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।
यस्तै सुर्केतको बट्टाचौरका जनज्योती माविका प्रधानध्यापक नारायण सिग्देलले आफ्नो विद्यालयले गरेको उन्नती र विद्यार्थीलाई व्यवहारी शिक्षा प्रदान गर्दाको अनुभव प्रस्तुत गर्नुभएको थियो ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180