दोरम्बा । दोरम्बाका स्थानिय बासिलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले दोरम्बा गाउँपालिकाले छातीका रोगीहरुलाई स्वास्थ्य जाँच गरेर औषधी वितरण गरेको छ । दोरम्बा गाउँपालिकाको कार्यालय टोकरपुरमा शनिबार गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा २ सय भन्दा धेरैले स्वास्थ्य लाभ लिएका छन् । छातिरोग विशषेज्ञ डा. नविन प्रकाश साहको टोलिले सय जना भन्दा बढीको छाती चेकजाँच गरेको दोरम्बा गाउंपालिकाले जनाएका छन् ।
शिविरमा आएकाहरुलाई निशुल्क रुपमा औषधी वितरण समेत गरिएको छ । गाउँपालिकाका ६० बर्षमाथिका बृद्धाबृद्धाको लागि शिविर आयोजना गरिए पनि अन्य छातीका रोगीहरुले पनि सेवा लिएको हो । तस्बिर: कृशला घिसिङ (उपाध्यक्ष -दोरम्बा गाउंपालिका) को फेसबूकबाट ।