रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाले तामाङहरुको मुख्य पर्व ल्होसारमा दुई दिन सार्वजनिक विदा दिने भएको छ । २८५७ औं सोनाम ल्होछारको अवसरमा माघ ३० र फागुन १ गते गाउँपालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको दोरम्बा गाउंपालिकाले जनाएको छ।
दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले विगतमाझैं यस बर्ष पनि ल्होछार पर्वको अवसरमा दुई दिने सार्वजनिक विदा दिने निर्णय गरेको आवाजनेपाललाई बताउनुभयो । गत बर्ष पनि गाउँपालिकाले ल्होछार पर्वको अवसरमा विदा दिने निर्णय गरेअनुसार यो बर्ष पनि ल्होसारमा बिदादिने निणय गरेको हो । पालिकामा तामाङ समुदायको बसोबास धेरै भएकाले ल्होसारमा बिदा दिने निर्णय गरेको हो ।