Aawaj Nepal
Aawaj Nepal

पर्यटकीय गाउँ रामेछापको दोरम्बामा हिमपात


आवाज नेपाल, २०७७ माघ २५ आइतबार


पर्यटकीय गाउँ रामेछापको दोरम्बामा हिमपात

मन्थली । पर्यटकीय गाउँ दोरम्बामा हिमपात भएको छ । यो बर्षासंगै हिमपात भएको दोरम्बाका स्थानीयले जनाएका छन् । यस्तै जिल्लाको उच्च क्षेत्रमा भारी हिमपात भएको छ । सनिबार पानी परेसँगै यस बर्ष पहिलो पटक हिउ परेको हो । जिल्लाको दोरम्बा गाउँपालिकाको सैलुङ, दोरम्बा, अग्लेश्वर, सुनापती गाउँपालिकाको गाल्वा, सुनापती डाँडा लगायतको क्षेत्रमा हिमपात भएको हो। जिल्लाको उमाकुण्ड गाउँपालिका र गोकुगंगा गाउँपालिकाको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको रमेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले जनकारी दिनुभयो । हिमपातसंगै रामेछापको उच्च क्षेत्रका स्थानीय प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । हिमपातसंगै हिउदे बाली सप्रने भएकाले स्थानीय खुसी भएका छन् ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180