Aawaj Nepal
Aawaj Nepal

अभिमुखिकरण मार्फत् सुरक्षित बैदेशिक रोजगारीका लागि सचेतना जगाउँदै दोरम्बा गाउँपालिका


आवाज नेपाल, २०७७ माघ १५ बिहीबार


अभिमुखिकरण मार्फत् सुरक्षित बैदेशिक रोजगारीका लागि सचेतना जगाउँदै दोरम्बा गाउँपालिका

दोरम्बा । एका विहानै टोलका सबै मानिस भेला भएका थिए, अनि “बोल माया एकबचन बोल, तिम्रै बोली छ मलाई अनमोल” पर्दामा प्रकाश सपुतको गीत घन्किईरहँदा भेला भएका अधिकांश सहभागीको आँखा ओभानो देखिएन । सहभागीले घरबाट कमाउने चाहाना लिएर परदेशिएका आ–आफ्ना आफन्त सम्झिइरहेका थिए । माथीको दृष्य दोरम्बा गाउँपालिका ३ सिँगार्चेमा एकाबिहानै देखिएको दृष्य थियो । जुन टोलका लगभग प्रत्येक घरबाट कामका लागि परदेशीएका थिए ।

नेपाल सरकार र स्विस सरकारको साझेदारी, सामी÷हेल्भेटासको प्राविधिक सहयोग र स्थानीय सरकारहरुको नेतृत्वमा रामेछाप जिल्लाको मन्थली नगरपालिका, सुनापति, दोरम्बा र उमाकुण्ड गाउँपालिकाले सामी÷रोजगार प्रर्बद्धन कार्यक्रम संञ्चालन गरिरहेको छ । कार्यक्रमले “स्वदेशमा नै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं ।” भन्ने निर्देशक सिद्धान्तका आधारमा बिभिन्न कार्यक्रम संञ्चालन गर्दै आईरहेको छ ।

दोरम्बा गाउँपालिकाले कार्यान्वययनमा ल्याएको सामी रोजगार प्रबद्र्धन कार्यक्रमले बिषेशगरी यस बर्ष समुदाय तहमा बित्तीय साक्षरता कक्षा, मनोपरामर्श सेवा र रिटर्नी स्वयंसेवक परिचालनका नियमित कार्यक्रमहरु संञ्चालन गरिरहेको छ । बैदेशिक रोजगारीमा जाने निर्णय गरेका व्यक्तिहरुलाई बैदेशिक रोगजगारी सम्वन्धि निः शुल्क परामर्श सेवाका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र मार्फत् सेवा दिँदै आईरहेको छ ।

समुदायलाई सचेत बनाउन समुदाय तहमा नै सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि अभिमुखिकरण गर्न आवश्यक छ । जसले गर्दा लक्षित व्यक्ति सम्म एकैसाथ सूचना पुग्ने भएको हुँदा पालिकाको आयोजनामा समुदाय अभिमुखिकरण कार्यक्रम संञ्चालन गरिएको सामी कार्यक्रमका मनोपरामर्शकर्ता नोर्वु योञ्जनले बताउनु भयो । दोरम्बा गाउँपालिकाले गत आर्थिक बर्षमा गरेको ७ वटै वडाको सर्वेक्षण अनुसार १५८३ जना बैदेशिक रोजगारीमा गएको प्रारम्भिक तथ्यांक संकलन गरेको छ । त्यसैको आधारमा बस्तीबाट बिदेश जाने व्यक्तिको परिवार, बैदेशिक रोजगारीबाट फर्किएका कामदार र कामका लागि बिदेश जान सक्ने यूवाहरुलाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको मनोपरामर्शकर्ता योञ्जनले जानकारी दिए ।

बैदेशिक रोजगारीमा जाने अधिकांश यूवाहरु हतारमा जान खोज्दा समस्यामा पर्ने, बिदेश जानुपूर्व लिनुपर्ने सीप तालिमलाई महत्व नदिने जस्ता कारणहरुले स्वदेश तथा बिदेशमा समेत समस्यामा पर्ने गरेका छन् । बैदेशिक रोजगारीमा जाँदा तयार गरिएको कागजपत्र परिवारको साथमा नँहुदा समस्यामा पर्दा समेत पिडित व्यक्ति तथा परिवारलाई तत्काल सहयोग गर्न समस्या रहेको हुँदा सचेतीकरणको लागि समुदाय अभिमुखिकरण गरिएको योञ्जनको भनाई छ । १२ गते सोमबारबाट १४ गते बुधबारसम्म संञ्चालन गरिएको समुदाय अभिमुखिकरण कार्यक्रममा दोरम्बा गाउँपालिका २ को बोदलडाँडाका २६ जना, ढोईगाउँका ४९ जना र दोरम्बा ३ सिँगार्चेका ५० जना कार्यक्रममा सहभागी भएका थिए ।

आयोजित कार्यक्रममा सामी÷हेल्भेटासका कार्यक्रम अधिकृत भोजराज सुनुवार, सामी÷रोजगार प्रर्बद्धन कार्यक्रमका संयोजक सागर बिक्रम बस्नेत, दोरम्बा गाउँपालिकाका मनोपरामर्शकर्ता नोर्वू योञ्जन, रिटर्नी स्वयंसेवक बाबुराम तामाङ र भोजराज थापामगरले सहजीकरण गरेका थिए ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180