काठमाण्डाैँ ।नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समुहको स्थायी कमिटीेको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने नेता योगेश भट्टराइले जानकारी दिनुभयो। उनका अनुसार सरकारको असंवैधानिक कदमकाविरुद्ध घोषित आन्दोलनका कार्यक्रमबारे छलफल गर्न बैठक बस्न लागेको हो।
यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपालको अध्यक्षतामा कार्यदल गठन गरेको थियो। पार्टी एकीकरणको बाँकी काम र जिम्मेवारी सम्बन्ध लगायतको सम्बन्धमा अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको होे। घोषित आन्दोलनका कार्यक्रम अन्तरगत आजदेखि पालिका स्तरका वडारुमा पार्टी भेला तथा संर्घष सम्बन्धि प्रशिक्षण दिइनेछ। प्रचण्ड–नेपाल समुहले पुस २५ सम्ममा सबै वडा स्तरमा कार्यक्रम सक्ने जनाएको छ। समुहले माघ २३ गते सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेकोमा आजदेखि शुरु गर्न लागेको हो।