Aawaj Nepal
Aawaj Nepal

नेकपा रामेछापले २४ औँ बेथान स्मृति दिवस आइतबार मनाइयो


आवाज नेपाल, २०७७ पुस २० सोमबार


नेकपा रामेछापले २४ औँ बेथान स्मृति दिवस आइतबार मनाइयो

दोरम्बा । रामेछापको सुनापतिमा २४ औँ बेथान स्मृति दिवस मनाएका छन् । तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको क्रममा रामेछापको बेथानमा बेथान चौकीको आक्रमण २०५३ साल पौष १९ गते आक्रमण गरिएको थियो । आक्रमणमा तत्कालिन माओवादीका ३ जनाको ज्यान गएको थियो तिर्थ बहादुर गौतम, फक्तबहादुर स्लामी मगर र दिलमाया बम्जनको मृत्यु भएको थियो । उहाँहरुको सम्झनामा नेकपा रामेछापको स्मृति दिवस मनाएको हो ।

स्मृति सभालाई सम्बोधन गर्दै नेकपाका बागमती प्रदेश कमिटीका अध्यक्ष नारायण दाहालले रामेछापको बेथानले गुमाएको सहिदको रगतबाट प्राप्त उपब्धिमाथि कुठराघात गर्ने गरी असंवैधानिक कदम चालेको र त्यसको विरुद्ध प्रतिबाद गर्नुपर्ने बताउनुभयो । यस्तै नेकपा रामेछापका जिल्ला इन्चार्ज देवशकंर पौडेलले अहिलेको सरकारले गरेको असंबैधाननिक कदमको प्रतिवाद जनस्तरबाट गरिने बताउनुभयो । उहाँले अब जनताको माझबाट असंवैधानकि कदमको विरोध गर्ने बताउनुभयो ।
स्मृति सभामा निवर्तमान प्रतिनिधि सांसद एवम् नेकपा रामेछापका सह–इन्चार्ज श्याम कुमार श्रेष्ठले अहिले ओली सरकारल बेथानको बलिदानीबाट प्राप्त अधिकारमाथि कुठराघात गर्ने प्रपञ्चलाई कुनै पनि हालतमा सफल बनाउन नदिने दाबी गर्नुभयो । अहिले सहिदको योगदानलाई सरकारले कुठराघाट गरी जनताको जनमतलाई बेवास्ता गरेको आरोप लगाउनुभयो । यस्तै
प्रवास समन्वय कमिटीका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईले जनयुद्धको सफल मोर्चाको रुपमा बेथानलाई सम्झनुपर्नेमा जोड दिनुभयो । उहाँले बेथानको योगदानले नेपालको राजनिति परिवर्तन भएको भन्दै उहाँले बेथानको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
स्मृति सभामा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान, सचिव शान्ति पौडेल, नेकपाका नेता टंकलाल घिसिङ, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान लगायत नेकपाका नेता कार्यकर्ता तथा शुभचिन्तकको सहभागीता रहेको थियो ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180