Aawaj Nepal
Aawaj Nepal

बैशाखमै चुनाव हुन्छ शंका नगर्नुस्ः प्रधानमन्त्री ओली


आवाज नेपाल, २०७७ पुस १९ आइतबार


बैशाखमै चुनाव हुन्छ शंका नगर्नुस्ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा निर्वाचन हुने कुरामा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आज काठमाडौँमा आयोजित नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको भेलामा संसद् पुनस्थापना हुने वा निर्वाचन पर सर्ने कुनै सम्भावना नरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानु नेपाली जनताको चाहाना र मुलुकको आवश्यकता भएको हुनाले कसैले रोकेर नरोकिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा र लिपुलेक समावेश गरी जारी भएको नयाँ नक्सा अनुसारको भूमि भोग चलनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कुनै व्यक्तिगत लाभ वा जस लिने उद्देश्यले नभई राष्ट्रको हितका लागि काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पछिल्लो तीन वर्ष नेकपाका केही नेताहरू सरकार र पार्टी नेतृत्वको विरुद्ध षड्यन्त्र रच्नमा नै व्यस्त रहेका कारण पार्टी कमजोर र निष्क्रिय बन्न पुगेको बताउनुभयो ।

उहाँले पार्टीको मूल नेतृत्वलाई जानकारी नै नदिई सरकार र पार्टीको नेतृत्व परिवर्तन गर्न पटक–पटक गुटगत भेला गर्नमा नै नेताहरू व्यस्त रहेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले युवा विद्यार्थीहरूलाई अनुशासित र मर्यादित बन्दै समाजमा उदाहरणीय काम गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीका केही नेताका पुरा हुनै नसक्ने पदीय आकाङ्क्षाका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताउनुभयो ।

क्ष्mबनभ mबथ अयलतबष्लस् घ उभयउभि, अचयधम

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले मुलुकको स्थायित्वका लागि नयाँ निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पछिल्लो राजनैतिक घटनाक्रम र उतार–चढावलाई सामना गर्दै अगाडि बढ्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180