Aawaj Nepal
Aawaj Nepal

एकै दिन उपत्यकामा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि


आवाज नेपाल, २०७७ भदौ १५ सोमबार


एकै दिन उपत्यकामा २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यसैगरी आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180