Aawaj Nepal
Aawaj Nepal

अमेरिकामा कोरोना महामारी अझै खराब बन्नेछ : ट्रम्प


आवाज नेपाल, २०७७ साउन ७ बुधबार


अमेरिकामा कोरोना महामारी अझै खराब बन्नेछ : ट्रम्प

अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने स्वीकार्दै सबैलाई मुखमा मास्क लगाउन आह्वान गर्नुभएको छ ।

मास्क लगाउनेबारेमा सँधै विपक्षमा उभिनु भएका ट्रम्प स्वयंले कोरोनाको महामारी नियन्त्रणमा आउने लक्षण नदेखिएपछि मास्क लगाउन अपील गर्नुभएको हो ।

कोरोनासम्बन्धि दैनिक पत्रकार सम्मेलन फेरि शुरु गर्दै उहाँले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने स्वीकार्नुभयो ।

यद्यपि उहाँ भने उक्त पत्रकार सम्मेलनमा पनि मास्क बिनै उपस्थित हुनुभएको थियो । यसअघि भने उहाँ मास्क लगाउन आह्वान गर्नेहरुको मजाक उडाउनु हुन्थ्यो ।

अमेरिकामा कोरोनाको महामारी फेरि तीब्र गतिमा बढेपछि राष्ट्रपतिका सल्लाहकारहरुले उहाँलाई नयाँ रणनीति उपनाउन सल्लाह दिएका हुन् ।

गत अप्रिलमा उहाँले संक्रमण रोक्ने खोप दिएर महामारी नियन्त्रणमा लिन सकिने एक अभिव्यक्तिको आलोचना भएपछि नियमित पत्रकार सम्मेलन बन्द गर्नुभएको थियो ।

तर तीन महिनापछिको कोरोना पत्रकार सम्मेलनमा निकै संयमित रुपमा उहाँले त्यही कुराहरु गर्न आह्वान गर्नुभयो, जुन यसअघि जनस्वास्थ्यविदहरुले लगातार भन्दै आएका थिए ।

उहाँले सामाजिक दूरी कायम गर्न, मास्क लगाउन आह्वान गर्नुभयो ।

यसैबीच आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफ्ना प्रतिष्पर्धी डेमोक्रेट उम्मेदवार जो बाइडनले कडा टक्कर दिन थालेपछि ट्रम्पको बोली फेरिन थालेको जनाइएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180