Aawaj Nepal
Aawaj Nepal

देशैभरि जोखिम बढेपछि मौसम विभागको यस्तो अनुरोध


आवाज नेपाल, २०७७ साउन ६ मंगलबार


देशैभरि जोखिम बढेपछि मौसम विभागको यस्तो अनुरोध

बुधबारसम्म काठमाडौं उपत्यका आसपासका क्षेत्रहरूमा अत्यधिक वर्षा हुन सक्ने अनुमानसहित सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

आईतबारदेखि बुधबारसम्म अत्यधिक वर्षा हुने अनुमानसहित विभागले अत्यधिक वर्षासँगै राम्रो निकासको अभाव रहेका ठाँउमा पानीको निकास नहुँदा डुबानको समस्या देखिन सक्ने बताउँदै सर्तक रहन आग्रह गरेको छ ।

मंगलबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका घेरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा समेत भारी वर्षाको समेत सम्भावना रहेको जनाउँदै महाशाखाले बाढी तथा पहिरोको जोखिमबाट बच्न समेत आग्रह गरेको छ ।

त्यस्तै आजरात देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा जारी रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना झनै बढ्दै गएको छ ।यो क्रम बुधबारसम्म निरन्तर रुपमा चल्ने महाशाखाको भनाई छ ।

व्यापक बर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180