प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका नेपालीलाई प्राथमिकता आधारमा उद्धार गर्ने बताएका छन् ।
सोमबार साँझ राष्ट्रको नाममा सम्वोधन गर्दै उनले विश्वका विभिन्न देशमा रहेका नागरिकलाई क्रमैसँग सरकारले उद्धार गर्ने बताए । त्यसको लागि सरकारले प्रक्रिया थालेको पनि उनको भनाइ छ ।
मुलुकबाहिरबाट नेपाली फर्कने क्रम बढेको उल्लेख गर्दै धेरै देशहरुसँग आफूले कुरा गरेको भन्दै ती देशमा रहेका नेपालीबारे ढुक्क हुन भनेकोले आफू आस्वस्त रहेको उल्लेख गरे ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एउटा देशबाट अर्को देशमा सिमानामा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा भारतबाट स्वदेश फर्कदा परीक्षण नै गरी स्वदेश फर्किएकोले उनीहरुलाई क्वारेन्टाइनमा बस्न र ब्यक्तिगत दुरी कायम गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।