Aawaj Nepal
Aawaj Nepal

७ महिलासहित २५ जना थप नयाँ कोरोना संक्रमित


आवाज नेपाल, २०७७ जेठ ७ बुधबार


७ महिलासहित २५ जना थप नयाँ कोरोना संक्रमित

काठमाडौं । बुधबार ७ महिलासहित २५ जना कोरोना संक्रमित थपिएका छन् । सोसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४२७ पुगेको छ ।

यस्तै बुधबार ८ जना कोरोना निको भएर फर्किएसपछि देशभर कुल निको हुनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार उदयपुरका ८ जना निको भएर घर फर्किएका हु्न ।
यस्तो छ पछिल्ला संक्रमित २५ जनाको विवरण

संक्रमितमा २५ जनामा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटका अनुसार बाँकेमा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी धनकुटामा ५ जना नयाँ संक्रमित पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षीय पुरुष रहेका छन् भने एक जना २४ वर्षीया महिला रहेकी छन् । उनीहरु सबै हाल धनकुटामा बस्दै आएको देवकोटाले बताए ।
यसैगरी कपिलबस्तुमा १३ जना संक्रमित थपिएका छन् । जसमध्ये ३ जना २२, ३५ र ४८ वर्षीय पुरुष रहेका छन् । उनीहरु विजयनगरको क्वारेन्टानमा बस्दै आएकाहरु भएको देवकोटाले बताए ।

यसैगरी सोही जिल्लाको महाराजगन्ज गाउँपालिकाका ३, ४, ६ वर्षीया बालिका तथा १६, २५ र ३२ वर्षीय महिला गरी ६ जना पुष्टि भएका छन् । यस्तै १२, २२, २४ र ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी पश्चिम नवलपरासीमा १ जना पुरुष संक्रमित फेला परेका छन् । उनी सुस्ता गाउँपालिका ५ का २६ वर्षीय पुरुष रहेका हुन् । उनी क्वारेन्टाइनमा बस्दै आएका थिए ।

 

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180