Aawaj Nepal
Aawaj Nepal

नेपालले कसैकाे इसारामा लिपुलेककाे मुद्दा उचाल्याे : भारतीय सेना प्रमुख


आवाज नेपाल, २०७७ जेठ ३ शनिबार


नेपालले कसैकाे इसारामा लिपुलेककाे मुद्दा उचाल्याे : भारतीय सेना प्रमुख

काठमाण्डाै – भारतका सेना प्रमुख मनोज नरवानेले नेपालले लिपुलेकमा भूमि मिचिएको विषय अरुको इसारामा उचालेको हुन सक्ने आरोप लगाएका छन् ।

भारतीय रक्षा मन्त्रालय अन्तर्गतको थिङ्क ट्याङ्क द मनोहर पर्रिकार इन्स्टिच्युट अफ् डिफेन्स स्टडिज एण्ड एनालाइसिस आइडीएसएले गरेको कार्यक्रममा उनले नाम उल्लेख नगरि नेपालले लिपुलेकको मुद्दा अरु कसैको इसारामा उचालेको आरोप लगाएका हुन् ।

उनले नेपाली भूमि काली नदी पूर्व रहेको तर भारतले बनाएको बाटो पश्चिममा रहेको दाबी गर्दै भारतले बनाएको सडकबारे नेपाली पक्षले आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको दाबी गरेका छन् । सेना प्रमुख नरवानेले यो सडक कैलाश मानसरोवर जाने तीर्थयात्रीका लागि छोटो भएकाले यसमा कुनै विवाद नरहेको धारणा राखे ।

भारतले गएको हप्ता नेपाली भूमि हुँदै निर्माण गरेको ८० किलोमिटरको बाटो उद्घाटन गरेपछि नेपालले आपत्ति जनाउँदै आएको छ । तर भारतले भने सडक आफ्नै भूमिमा बनेको दाबी गर्दै आएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180