Aawaj Nepal
Aawaj Nepal

डरपनि यती सम्मकी सडकमा छरिएका नोट छुने आँट कसैले गरेनन्


आवाज नेपाल, २०७७ वैशाख ६ शनिबार


डरपनि यती सम्मकी सडकमा  छरिएका नोट छुने आँट कसैले गरेनन्

कोरोनाभाइरसको डर मानिसहरुमा कतिसम्म छ भनेर इन्डियन एक्सप्रेसले एउटा रोचक खबर प्रकाशित गरेको छ ।

भारतको दिल्लीको लरेन्स रोड नजिकैको एक घर बाहिर सडकको किनारमा ५ सय भारुका थुप्रै नोट छरिएका थिए तर कसैले पनि यी नोटलाई छुने आँटसमेत गरेनन् ।

इलाकामा बस्ने अन्य मानिसहरुले उक्त नोट देखेपनि कसैले कोरोनाभाइरस फैलाउने उद्देश्यसहित यस्तो गरेको हुनसक्ने अनुमान गरे ।

त्यसपछि स्थानीयले पुलिसलाई बोलाए । स्यानिटाइज गरेपछि यी नोटलाई खाममा राखेर पुलिस स्टेशनतर्फ गए ।

इन्डियन एक्सप्रेसका अनुसार घटना त्यतिबेला सार्वजनिक भयो जब एक महिलाले पुलिसलाई आफ्नो पैसा हराएको जानकारी दिइन् ।

वास्तवमा एक महिलाले एटिएमबाट पैसा निकालेपछि त्यसलाई स्यानिटाइजरले धोएर बालकोनीमा सुकाएकी थिएन् । उनले पुलिससँगको कुराकानीमा सायद हावाका कारण केही नोट सडकमा खसेको हुनसक्ने बताइन् ।

एक पुलिस अधिकारीले पत्रिकासँगको कुराकानीमा भने, ‘सडकमा छरिएका नोटलाई कसैले पनि उठाएनन् । राम राज्य आएको जस्तो लागिरहेको छ ।’

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180