Aawaj Nepal
Aawaj Nepal

यसरी समसान बन्दै स्पेन, एकै दिनमा ९६१ काे मृत्यु


आवाज नेपाल, २०७६ चैत २१ शुक्रबार


यसरी समसान बन्दै स्पेन, एकै दिनमा ९६१ काे मृत्यु

कोरोनाभाइरसको संक्रमणका कारण स्पेनमा एकैदिन ९ सय ६१ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार स्पेनमा ७ हजार ९ सय ४७ नयाँ संक्रमित थपिएका छन् । हालसम्म यहाँ १ लाख १२ हजार ६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ६ हजार ९२ जनाको अवस्था गम्भीर छ ।

हालसम्म स्पेनका २६ हजार ७ सय ४३ जनाले कोरोनाभाइरससँगको युद्ध जितिसकेका छन् ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180