Aawaj Nepal
Aawaj Nepal

लकडाउन उल्लंघन गर्ने ६ सय भन्दा बढी बिहानै प्रहरी सचेतना कक्षामा


आवाज नेपाल, २०७६ चैत १६ आइतबार


लकडाउन उल्लंघन गर्ने ६ सय  भन्दा बढी बिहानै प्रहरी सचेतना कक्षामा

कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लंघन गर्ने ६ सय भन्दा बढीलाई आइतबार बिहानै प्रहरीले  सचेतना कक्षा दिएको छ । पक्राउ गरेर राख्दा झन् जोखिम बढ्ने भएकाले शनिबारदेखि प्रहरीले उल्लंघनकर्तालाई जहाँ भेटिन्छ त्यहाँ केही घण्टा होल्ड गरेर सचेतना दिएर जहाँबाट आएको हो त्यतै फर्काउन थालेको हो ।

आइतबार बिहान ७:३० बजेसम्म्मा मात्रै ५१२ पुरुष र १०५ महिलालाई यसरी सडकमै होल्ड गरेर राखिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनीहरुलाई सामाजिक दूरी कायम गरी दुईदेखि तीन घण्टा होल्ड गरिने र रोगको बारेमा जानकारी गराइने छ । सवारीसाधन भने १०३ वटालाई होल्ड गरेर राखिएको प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक पोखरेलले उपत्यकाको तीनै जिल्लामा उक्त नियम लागू गरिएको जानकारी दिए । आदेश उल्लंघन गर्नेविरुद्ध कारबाहीको नयाँ नियमस्वरुप होल्ड गरेर सचेतना शिक्षा दिन थालिएको उनले जानकारी दिए ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी उक्त आदेश जारी गरेको थियो । आदेश चैत १८ गते बिहानसम्म लागू हुने छ । अहिलेसम्म नेपालमा पाँच जनामा उक्त भाइरसको सङ्क्रमण देखिएको छ । पाँचै जना विभिन्न मुलुकबाट फर्किएका नेपाली हुन् ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180