Aawaj Nepal
Aawaj Nepal

मोनाकोका राजकुमारसँगै थिए बेलायती युवराज चार्ल्स, अहिले दुबै संक्रमित


आवाज नेपाल, २०७६ चैत १२ बुधबार


मोनाकोका राजकुमारसँगै थिए बेलायती युवराज चार्ल्स, अहिले दुबै संक्रमित

बेलायतका राजकुमार चार्ल्समा कोरोना भाइरसको संक्रमण भेटिएको क्लेरेन्स हाउसले जनाएको छ । १० मार्चमा ७१ वर्षे चार्ल्स सहभागी कार्यक्रममा मोनाकोका राजकुमार अल्बर्ट पनि उपस्थित थिए । कार्यक्रम सकिएको ठीक ९ दिनपछि चार्ल्ससँगै अल्बर्टमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

उनीहरु वाटरएड डिनरका दौरान आमने–सामने बसेका थिए । यो डिनर अस्टे«लियामा आगलागीबाट भएको क्षतिपछि उद्धारका लागि रकम संकलन गर्न आयोजना गरिएको थियो ।

क्लेरेन्स हाउसका प्रवक्ताले भनेका छन्,‘सरकार र चिकित्सकको सल्लाहअनुसार युवराज चार्ल्स र युवराज्ञी कार्मेला पार्कर अहिले स्कटल्यान्डस्थित घरमा अलग–अलग रुपमा आइशोलेसनमा छन् ।’

विज्ञप्तीमा भनिएको छ, ‘कसरी राजकुमारमा संक्रमण भेटियो भनेर पुष्टि गर्न कठिन छ । उनी पछिल्ला साता धेरै कार्यक्रममा सहभागी भएका थिए ।’

६२ वर्षे अल्बर्टले संक्रमणपछि निकै सावधानी अपनाएका थिए । उनी पनि सेल्फ–आइशोलेसनमा छन् । उनले देशभित्र भीडभाड नगर्न सबैसँग आग्रह गरेका छन् ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180