Aawaj Nepal
Aawaj Nepal


आवाज नेपाल, २०७६ चैत १२ बुधबार


भाइरस संक्रमित तेस्रो व्यक्ति भेटिएको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। ३२/३३ वर्ष उमेर भएका उनी खाडी मुलुकबाट नेपाल फर्किएका थिए।

नेपालमा पहिलो संक्रमित व्यक्ति भेटिएको पुष्टि माघ ९ मा भएको थियो। त्यसको एक महिनापछि चैत १० मा दोस्रो संक्रमित व्यक्ति भेटिएको पुष्टि भयो। तेस्रो संक्रमित व्यक्तिको पुष्टि भने त्यसको दुई दिनमा नै आज चैत १२ गते भएको छ।

संक्रमित व्यक्तिहरु सबै विदेशबाट आएकाहरु हुन्।

ती मध्ये एक जना निको भई घर फर्किसकेका छन् भने दुई जनाको टेकु अस्पतालमा नै उपचार भइरहेको छ।

यसबाहेक हिजो साँझसम्म टेकु अस्पतालमा आइसोलेसनमा ५ जना रहेकामा ३ जना डिस्चार्ज भएको र १ जना आइसियुमा रहेका थिए। ती मध्ये एक जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी पाटन अस्पतालमा आइसोलेसनमा रहेका छन्। उनीहरुको परीक्षणको नतिजा आउन बाँकी छ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180