Aawaj Nepal
Aawaj Nepal

मंसिर २१ मा यसरी हुँदैछ ‘कोइँच उत्सव २०७६’


आवाज नेपाल, २०७६ मंसिर १८ बुधबार


काठमाण्डौ । सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज (सुकच)ले दोस्रो ‘कोँइच उत्सव २०७६’ को आयोजना गर्ने भएको छ । सुकचले यहि मंसिर २१ गते सुनुवार सेवा समाजको भवन बालकुमारीमा एक दिने उत्सवको आयोजना गर्न लागेकाे बुधवार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । राष्ट्रिय सांस्कृतिक पर्व तथा किराँत कोइँच सुनुवारहरुको महान् पर्व श्याँदर (उधौली) ५०७९ काे अवसरमा शुभकामना आदान प्रदान सहित उत्सवको आयोजना गर्न लागिएको समाजका अध्यक्ष शिव मुखियाले जानकारी गराउँनु भयो ।

अध्यक्ष मुखियाका अनुसार उत्सवको मुख्य उद्देश्य कोइँच सुनुवार जातिको कला, संस्कृति, भाषा, भेषभुषा, धर्म, रहन सहन र चाड पर्वको बारेमा जानकारी गराउनुका साथै सुनुवार संस्कृतीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवर्दन गर्ने रहेको छ ।

विहान १० बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक झाँकी, सुनुवार नृत्य तथा विशेष सांगितीक कार्यक्रम तथा विभिन्न खेलहरु हुनेछन् ।

उत्सवमा चर्चित सुनुवार कलाकारहरु  ‘द एक्स ब्याण्ड’, गायिका पूजा सुनुवार, गायक महेश मुखिया सुनुवार, गायिका कल्पना सुनुवार, गायिका पुष्पा सुनुवार, हिपप आर्टिष्ट कोइँच जि, पियानो बादक उपेन्द्र लाल सिंह, नृत्यमा बृहशमान सुनुवार, पूजा सुनुवार लगायतका थुप्रै कलाकारहरुको प्रस्तुति रहने छ ।

त्यस्तै उत्सवमा होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टरको सहयोगमा निशुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै फेस पेन्टिङ, नेपाली मौलिक परिकार, भेषभुषा, पुस्तक तथा विभिन्न सामाग्रीहरुको पनि स्टल राखिने छ ।

समाजका महासचिव इंगि होपो कोँइच सुनुवारले उक्त कार्यक्रम स्थलमा कोँइच सुनुवार जातिको भेषभुषा लगाउन प्रेरित गर्दै भेषभुषा लगाएर आउने मध्येबाट एक पुरुष र एक महिलालाई बेस्ट ड्रेस पुरस्कृत गरिने पनि जानकारी गराउँनु भयो ।

त्यस्तै अर्को  रमाईलो पक्ष भनेको उत्सव अवलोकानकर्ताहरुलाई गोलाप्रथा मार्फत स्मार्टफोन प्रदान गरिने भएको छ । अवलोकनका लागी बिक्रि भएका टिकटको अर्धकट्टीलाई गोलाप्रथा गरेर प्रथम तथा द्वित्तीयलाई स्मार्टफोन र तृत्तीयलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजको भनाई छ ।

होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टरको मुख्य प्रायोजन रहेको उत्सवको सहयोगीमा होलिस्टिक हेल्थ, गोर्खा डेस्टिनि ट्रेनिङ सेन्टर, हिमालयन बिड्स प्रा.लि. किङ गोर्खा ट्रेनिङ सेन्टर, एट नोट म्यूजिक स्कुल रहेको छ ।

त्यस्तै सुनुवार विद्यार्थी समाज, संघीय समिति तथा माउल्डिङ माइण्डस् मोन्टेश्वरी र भ्येन्यु पार्टनरमा ब्राईट गोर्खा ट्रेनिङ सेन्टर तथा सुनुवार सेवा समाज संघीय समिति विषेश सहयोग रहेको आयोजकले जानकारी दिएको छ ।

समाजले यसअघि २०७२ सालमा पनि प्रथम कोँइच उत्सवको आयोजना गरेको स्मरण गराउँदै अहिले सम्म  भएका संस्थाको  उपलब्धी र आगामी दिनमा गरिने योजनाहरु बारे पनि जानकारी गराएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180