Aawaj Nepal
Aawaj Nepal

रहेनन् तेलूगुका चर्चित कमेडियन वेणु माधव


आवाज नेपाल, २०७६ असोज ८ बुधबार


रहेनन् तेलूगुका चर्चित कमेडियन वेणु माधव

मुम्बई– तेलुगू फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन भएको छ । ३९ बर्षका माधवको आज बुधबार दिउँसो निधन भएको हो । लिभर र किड्नी सम्बन्धी रोगबाट ग्रसित उनले हैदरवादको एक अस्पतालमा अन्तिम सास फेरेका हुन् । स्वस्थ्यमा धेरै समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् ।

तेलूगुका देशम पार्टीको प्रमुख तथा आन्ध्र प्रदेशका मुख्य मन्त्री चन्द्रबाबु नायडुले ट्वीटमार्फत माधवको निधनमा शोक व्यक्ति गरेका छन् । उनको निधनको खबरले पुरै टलिउड अहिले शोकमा डुबेको छ । माधवले एक क्यारिकेचर कलाकारको रुपमा आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले कमेडियनको रुपमा फिल्ममा काम गर्न थाले ।

उनले १९९६मा फिल्म संम्प्रदायमबाट फिल्मी करियर सुरु गरेका थिए । उनले तमिल र तेलुगूका करिब २०० बढी फिल्म अभिनय गरेका छन् । पछिल्लो समय उनले फिल्म ‘डा.परमानन्देन स्टुडेन्टस्’मा अभिनय गरेका छन् । यो फिल्म रिलिज हुन बाँकी छ । पछिल्लो केह िबर्ष अगाडि उनले राजनीतिमा पनि रुचि देखाएका थिए ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180