Aawaj Nepal
Aawaj Nepal

अमेरिकामा मोदीको सम्मानमा कार्यक्रम, स्टेडियम बाहिर विरोध


आवाज नेपाल, २०७६ असोज ६ सोमबार


अमेरिकामा मोदीको सम्मानमा कार्यक्रम, स्टेडियम बाहिर विरोध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि टेक्सासमा आयोजना गरिएको र्‍यालीमा सहभागी भएका छन् ।

विदेशी नेताहरुको स्वागतका लागि अमेरिकामा बिरलैमात्र हुने र्‍यालीमा राष्ट्रपति ट्रम्प सहभागी भएका हुन् । ५० हजारभन्दा बढी भारतीय मुलका अमेरिकी नागरिक र गैरआवासीय भारतीयहरु ह्युस्टन शहरको एनआरजी स्टेडियममा भेला भएका थिए । तर स्टेडियम बाहिर भने हजारौंले प्रधानमन्त्री मोदीको विरोध गरेका थिए । उनीहरुले सरकारले भारतमा रहेका अल्पसंख्यक समुदायको मानवअधिकार हनन् गरेको आरोप लगाएका हुन् ।

मोदीले भारत प्रशासित कश्मीरको हितका लागि संविधानको आंशिक स्वायत्तता खारेज गरेर नयाँ व्यवस्था लागू गरेको पनि स्पष्ट पारे ।

यसैबीच कांग्रेस नेता आनन्द शर्माले प्रधानमन्त्री मोदीले परराष्ट्र नीतिविरुद्ध अमेरिकामा राष्ट्रपतिको चुनावी प्रचारमा लागेको आरोप लगाएका छन् । उनले मोदीले चर्चामा आउन अमेरिकामा चुनाव प्रचारमा लागेको आरोप लगाए ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180