Aawaj Nepal
Aawaj Nepal

राष्ट्रपतिले फिर्ता गरेको राहदानी विधेयक प्रतिनिधिसभामा पेश हुँदै


आवाज नेपाल, २०७६ भदौ २६ बिहीबार


राष्ट्रपतिले फिर्ता गरेको राहदानी विधेयक प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको राहदानी विधेयक संसदमा पुनः पेश गरिँदै छ ।

राष्ट्रपतिबाट फिर्ता भएको झण्डै एक वर्षपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहीबारको प्रतिनिधिसभा बैठकमा पेश गर्न लागेका हुन् । दिउँसो एक बजे बस्ने बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

राहदानी विधेयक प्रतिनिधिसभाले गत वर्ष १० असोजमा पारित गरेको थियो भने भोलिपल्टै राष्ट्रिय सभामा टेबल गरिएको थियो । तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फिर्ता नआएको भन्दै सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए । राष्ट्रिय सभाको भूमिकालाई बेवास्ता गर्दै प्रतिनिधिसभा एक्लैले पारित गरी प्रमाणीकरणका लागि पठाएपछि उक्त विधेयक विवादित बनेको थियो।

 

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180