Aawaj Nepal
Aawaj Nepal

पूर्व सभासद् डीबी कार्की पक्राउ


आवाज नेपाल, २०७६ भदौ १९ बिहीबार


पूर्व सभासद् डीबी कार्की पक्राउ

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका तत्कालीन एमालेका पूर्व सभासद् डोलबहादुर कार्की (डिबी) पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले कार्कीलाई बिहीबार बिहान सतुंगलबाट पक्राउ गरेको हो ।

सभासद हुँदा ‘प्रहरी निरीक्षक बनाइदिन्छु’ भन्दै विभिन्न व्यक्तिहरुबाट पैसा असुलेको अभियोगमा उनलाई २०६७ सालमा विशेष अदालतले दोषी ठहर गरेको थियो । विशेषको फैसला सर्वोच्चले सदर गरेको थियो ।

०६७ साल भदौमा प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस लिइरहेको अवस्थामा उनी पक्राउ परेका थिए । स्याङ्जाका कार्की तत्कालीन नेकपा एमालेका समानुपातिक सांसद हुन् ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180