Aawaj Nepal
Aawaj Nepal

साम्राज्ञीको त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म मारुनी


आवाज नेपाल, २०७६ साउन २१ मंगलबार


साम्राज्ञीको त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म मारुनी

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म मारुनीको ट्रेलर सार्वजनिक भएको छ । दरबारमार्गस्थित क्युज चलचित्र भवनमा सोमबार आयोजित एक समारोहमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको सार्वजनिक ट्रेलरमा अभिनेत्री साम्राज्ञीको प्रेम अभिनेता पुष्प खड्कामाथि र पुष्पको अभिनेत्री रेविका गुरुङमाथि रहेको देखाइएको छ । नवल नेपालको निर्देशन रहेको यो फिल्मको ट्रेलरमा द्वन्द्वका पाटो पनि समेटिएको छ ।

१३ भाद्रबाट प्रदर्शनमा आउने यो फिल्म पुनम गौतमले निर्माण गरेकी हुन् । यसअघि उनले फिल्म ‘अझै पनि’ निर्माण गरेकी थिइन् । ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री साम्राज्ञीले फिल्म अभिनय अगाडि विषयबस्तुका कारण निकै डराएको बताइन् । ‘स्क्रिप्ट सुनेपछि छोड्न मन लागेन’ साम्रज्ञीले भनिन् ‘क्यारेक्टरलाई न्याय गर्न सक्छु भन्ने कन्फिडेन्ट थिएन । त्यसैले धेरै डर लागेको थियो ।’

अभिनेता पुष्पले ‘मारुनी’ आफ्नो ड्रिम प्रोजेट भएको बताए । राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सहनिर्माता रहेको फिल्मको कथा गोविन्द फुँँयाल र निर्देशक नेपालले नै लेखेका हुन् । फिल्ममा साम्राज्ञी, पुष्प र रेविकाको अलवा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायत कलाकारको समेत अभिनय देख्न सकिन्छ

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180