Aawaj Nepal
Aawaj Nepal

विप्लव नेतृत्वको नेकपाले लगायो सरकारी नम्बर प्लेटका गाडीमाथि प्रतिबन्ध


आवाज नेपाल, २०७६ साउन २ बिहीबार


विप्लव नेतृत्वको नेकपाले लगायो सरकारी नम्बर प्लेटका गाडीमाथि प्रतिबन्ध

काठमाडौं-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मध्यपश्चिम क्षेत्रमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न रोक लगाएको छ ।  पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले एक विज्ञप्ति जारी गर्दै सरकारी सेतो नम्बर प्लेटका गाडीहरु साउन ७ गतेदेखि चल्न नदिने घोषणा गरेका हुन् ।

जारी विज्ञप्तिमा सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान चलाएर जनपक्षीय अभियानलाई बन्द गर्ने र कथित जनप्रतिनिधिहरुनै ठेक्कापट्टामा सामेल भएर आफ्नै टिपर, ट्याक्टर, स्काभेटर प्रयोग गरी राज्यको सम्पतिको दोहन गरिरहेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा तिनै जनप्रतिनिधिहरु जनहत्यारा अभियानमा सुराकीको रुपमा परिचालन भएको पाइएको भन्दै यस्ता गतिविधिहरु बन्द गर्ने निर्णय गरेको जनाइएको छ । उक्त निर्णयविरुद्ध काम गरेमा जनकार्वाही गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180