Aawaj Nepal
Aawaj Nepal

टिकटक भिडियोका कारण तीन वर्षदेखि हराइरहेका श्रीमान फेला परे


आवाज नेपाल, २०७६ असार १९ बिहीबार


टिकटक भिडियोका कारण तीन वर्षदेखि हराइरहेका श्रीमान फेला परे

 

पछिल्लो केही समयदेखि भारतमा टिकटक एक पछि अर्को गर्दै विवादमा परिरहेका छ । विवादबीच अप्रिलमा केही समयको लागि यो एप प्रतिबन्धित पनि भयो ।

अहिले आएर सो एप भारतमा पुनः चर्चामा छ । यस पटक भने यो विवादका कारण नभएर प्रशंसाको हिसाबमा चर्चामा छ ।

समाचार अनुसार पछिल्लो समय टिकटकले प्रहरीलाई एउटा मुद्दा सल्टाउन सघाएको छ । सन् २०१६ मा भारतको दक्षिणी राज्य निवासी जयप्रदाले प्रहरीकहाँ उनको श्रीमान हराएको सूचना दर्ता गराएकी थिइन् ।

प्रहरीले तीन वर्षसम्म सुरेश नाम गरेका उनका श्रीमान कहाँ छन् भन्नेबारेमा कुनै संकेत फेला पार्न सकेन । घटनामा उलेख्य प्रगति नभएपछि प्रहरीले पनि त्यति चासो दिन छाडेको यो घटनामा टिकटकको एउटा भिडियाले एक्कासी यू–टर्न आयो ।

टिकटक भिडियो हेर्ने क्रममा जयप्रदाको एक जना नातेदारले एउटा यस्तो भिडियो हेर्न पुगे जसमा नाचिरहेका पुरुष सुरेशजस्तै देखिन्थे । शंकाकै आधारमा ती नातेदारले भिडियो जयाप्रदालाई देखाए ।
भिडियो हेरेपछि त्यसमा देखिएको पुरुष आफ्नै श्रीमान भएको जयाप्रदाले पुष्टि गरिन् ।

तलिलनाडूको कृष्णगिरी निवासी सुरेशको सोही राज्यको भिलुपुरम निवासी जयाप्रदासँग विवाह भएको थियो ।

तर सन् २०१६ मा घरबाट निस्किएका सुरेश नफर्किए पछि घरका मानिस चिन्तित थिए । टिकटक भिडियोमा देखिनु अघि उनी जिउदैं छन् कि मरिसके भन्ने पनि अन्यौलको अवस्था थियो ।

समाचार अनुसार सुरेश परिवार कायम झैझगडाको अवस्थाका कारण विरक्तिएर घर छाडेर हिडेका थिए । घर छाडेपछिका तीन वर्ष उनी नजिकैको होसुरमा लुकेर बसेका थिए ।

रिपोर्ट अनुसार होसुरमा बस्दा उनले एक जना तेस्रो लिङी महिलासँग सम्बन्ध पनि रहेको थियो । प्रहरीले सुरेशलाई फेला पारेपछि जयाप्रदा र सुरेशलाई सँगसँगै राखेर सम्झाई बुझाई घर फर्काएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180