Aawaj Nepal
Aawaj Nepal

बर्दियामा ट्याक्टर चलाएर यसरी गरे मन्त्रीले रोपाईँ (फोटोफिचर)


आवाज नेपाल, २०७६ असार १५ आइतबार


बर्दियामा ट्याक्टर चलाएर यसरी गरे मन्त्रीले रोपाईँ (फोटोफिचर)

 

‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो ।

दिवसको कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले राजापुरमा ट्रयाक्टर जोतेर र धान रोपेर उद्घाटन गरे ।

मन्त्रालय मातहतको बाली विकास तथा जैविक विविधता संरक्षक केन्द्रको आयोजनामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै उनले नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेको बताए ।

युवाहरु विदेसिँदा जमिन बाँझो हुँदै गएको उल्लेख गर्दै मन्त्री खनालले युवालाई कृषिमा आकर्षित गर्न सोच र कृषि प्रणालीमा सुधार गर्नु जरुरी रहेको बताए ।

‘कृषि नै हो , जसले एकै पटक लाखौँ युवालाई रोजगारी दिन्छ । कृषकको जीवनशैली बदल्नु पर्छ, यसको लागि कृषियोग्य जमिनको खण्डीकरण गरि यान्त्रिकीकरण र आधुनिकीकरण गरिनु पर्छ’ उनले भने, ‘ समयमा मल बीउ र सिंचाइको राम्रो प्रवन्ध गर्नु पर्छ । सरकार यसको लागि प्रतिबद्ध छ ।’

डेढ सय अर्बको आयात गर्दा १३ अर्ब मात्र निर्यात भएको उल्लेख गर्दै उनले भने, ‘विदेशबाट आयातको माग भैरहेको छ तर हामी उत्पादन बढाउन सकेका छैनौ जबकी हाम्रो देशमा उत्पादन नहुने केही छैन । त्यसको लागि राम्रो योजना र व्यवस्थापन हुनु पर्छ ।’

राजापुरमा मात्र १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने ५ हजार हेक्टरमा चैते धान रोपाइँ हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

२०६१ साल्देखि धान दिवस मनाउन थालिएको हो भने नेपालमा वर्षेनी ५६ लाख मेट्रिकटन धान उत्पादन हुन्छ । र पनि २७ अर्बको धान आयात हुने गरेको छ । कृषि विभागका अनुसार नेपालमा अहिले १ लाख २५ हजार हेक्टरमा चैते धान उत्पादन हुने गरेको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180