Aawaj Nepal
Aawaj Nepal

डा. बाबुराम भट्टराईको ‘किसानी’ हुलिया ! तस्बिरमा हेर्नुहोस्


आवाज नेपाल, २०७६ असार १५ आइतबार


डा. बाबुराम भट्टराईको ‘किसानी’ हुलिया ! तस्बिरमा हेर्नुहोस्

 

सबै फोटोः बाबुराम भट्टराईको फेसबुकबाट

– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई रोपाईँ महोत्सवमा सहभागी भएका छन् । उनी गाेरखाकाे पालुङटार नगरपालिकास्थित खाेप्लाङ- ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् ।

जहाँ भट्टराई अरु किसानसँगै रोपाईँ कार्यक्रममा सहभागी भए । भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने कालो ह्याट, हाफ बाहुले कमिज र कट्टुमा हिलाम्मे देखिन्छन् ।

भट्टराईले आफ्नो फेसबुकमा हो हो तारे हो हो ! हो हो माले होहो ! भन्दै असारे कामको रमाइलो माहोला झल्किने फोटो राखेका छन् ।

हरेक वर्ष असार १५ लाई धान दिवसको रुपमा मनाउने गरिन्छ । सोही मेसो पारेर भट्टराई पनि रोपाई गर्न गाउँ पुगेका हुन् ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180