Aawaj Nepal
Aawaj Nepal

उदयपुरका पत्रकारले कुन सर्तमा लिए त ल्यापटप ? यसरी विज्ञेप्ती निकालेर जानकारी गराए


आवाज नेपाल, २०७६ जेठ २८ मंगलबार


उदयपुरका पत्रकारले कुन सर्तमा लिए त ल्यापटप ? यसरी विज्ञेप्ती निकालेर जानकारी गराए

काठमाडौं । उदयपुरका पत्रकारहरुले नगरपालिकाबाट ल्यापटप उपहारस्वरुप लिएको समाचार यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । नगरपालिकाबाट ल्यापटप उपहार लिएकोमा आलोचनाका स्वरहरु बढ्दै गएपछि जिल्लाका पत्रकारहरुले यसबारेमा संयुक्त विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिएका छन् ।

उदयपुरको त्रियुगा नगरपालिकाले २७ जना क्रियाशील पत्रकारलाई ‘प्रविधि हस्तान्तरण’ भन्दै ल्यापटप वितरण गरेको थियो । एक कार्यक्रमकाबीच मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेपछि यो घटना बहसमा आएको हो ।

तर, उदपयुरका पत्रकारहरुले भने समाचार ‘किल नगर्ने शर्तमा’ ल्यापटप लिएको प्रेस विज्ञप्तिमार्फत बताएका छन । सोमबार साँझ प्रेस चौतारी र प्रेस सेन्टर र प्रेस युनियन उदयपुरका तर्फबाट संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै नगरपालिकाबाट त्यसरी ल्यापटप उपहार लिनु पत्रकार आचारसंहिता विपरीत नभएको दाबी गरिएको छ ।

पत्रकारलाई ल्यापटप वितरण गर्न नगरपालिकाले बनाएको मापदण्ड
संयुक्त प्रेस विज्ञप्तिमा प्रेस चौतारीका अध्यक्ष गणेश उप्रेती, प्रेस युनियनका अध्यक्ष गणेश थापा र प्रेस सेन्टर उदरयुरका अध्यक्ष तुलसीप्रसाद कोइरालाले हस्ताक्षर गरेका छन् ।

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘खबरदारी गर्नुपर्ने पत्रकारलाई नगरपालिकाले प्रभावमा पार्न खोजेको र आचारसंहिता उल्लघंन गर्दै ल्यापटप लिएको होइन ।’

संयुक्त विज्ञप्तिमा ल्यापटप वितरणको बचाउ गर्दै प्रतिपश्न गरिएको छ, ‘प्रेस काउन्सिलले बाँड्ने प्रविधिगत सुविधाका बारेमा पत्रकार साथीहरु जानकार छैनन् ? त्यस्तो सुविधा उपभोग गर्ने सबै सरकारका ल्यापडग भएका छन त ? लोक कल्याणकारी विज्ञापन प्राप्त गर्नेहरु सबै ल्यापडग हुन् त ?

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हिमाल आरोहण, विदेश भ्रमण, कार्यक्रमहरुमा लिइने चन्दा सहयोग, कार्यक्रममा बाँडिने प्रायोजकका सामग्री लगायतका चिजबिजलाई के भन्ने ? उपहार वा दान वा सम्मान वा समाचार किल गर्ने सर्तमा लिइएको चिज ? मोफसलको पीडा नबुझ्ने गरी दुई महिनाअघिको बासी समाचारलाई अहिले उठान गर्नुपछिको नियत के ? विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरुको गुणगान गाउँदै भत्ता पचाउन हिँड्ने पत्रकारलाई चैं के भन्ने ? प्रश्न धेरै छन् । मै हुँ भन्ने पत्रकारहरु एजेन्सी चलाएर जिल्ला–जिल्लामा भिडियो डकुमेन्ट्री निर्माण गर्न हिँड्दा चैं पत्रकार आचारसंहिता उल्लघंन हुने कि नहुने ?’

उदरपुरका पत्रकारका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, नगरपालिकाहरुले पत्रकारिताको विकास र प्रवद्र्धनका लागि विभिन्न शीर्षकमा छुट्याएको रकम उपहार ठान्ने भूल नगर्दा राम्रो हुन्छ । कसमेकम राजकीय प्रज्ञा प्रतिष्ठानको शब्दकोश पढेर उपहारको अर्थ बुझे राम्रो हुने थियो । उदयपुरमा मात्रै होइन देशैभरिका पालिका, महानगरहरुमा पत्रकारिता क्षेत्रको महत्व बुझेर पत्रकारिताको विकास र प्रवद्र्धनका लागि बजेट छुट्याउने गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180