Aawaj Nepal
Aawaj Nepal

कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का, सरिता लामिछाने ५७ मतले पछि परिन


आवाज नेपाल, २०७६ जेठ २६ आइतबार


कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का, सरिता लामिछाने ५७ मतले पछि परिन

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का निर्वाचित भएका छन् ।

शनिवार राजधानीमा सम्पन्न १७औं केन्द्रिय कार्यसमितिको निर्वाचनबाट अभिनेता खड्का अध्यक्षमा निर्वाचित भएका हुन् ।

खड्काले संघकी पूर्व महासचिव सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् ।

सरिताको नाममा १६१ मत खसेको थियो । चुनावमा पराजित भएपछि शुभकामना ब्यक्त गर्दै सरिताले फेसबुकमा ‘चुनाव हार्नु जीवन हार्नु होइन’ भन्ने सन्देश दिएकी छन् ।

निर्वाचनबाट उपाध्यक्षमा उम्मेदवारी दिएका विनोद भट्टराईबाहेक सबै उनकै प्यानलबाट विजयी भएका छन् । ५ सय ९६ सदस्य रहेको संघको निर्वाचनमा कुल ३ सय ८७ मत खसेको थियो ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित प्रहरी क्लबमा सम्पन्न निर्वाचनमा रेजिना उप्रेती र सानुकुमार ताम्रकार उपाध्यक्ष, चेतबहादुर सिंह राजा महासचिवमा निर्वाचित भए ।

त्यस्तै पनाह अधिकारी सचिव, पवित्रा आचार्य सहकोषाध्यक्ष निर्वाचित भए ।

सदस्यहरुमा धनराम केसी ‘मुस्कान’, गोपाल ढकाल ‘छन्दे’, शितल केसी, धर्मानन्द आचार्य, रोहित रुम्बा तामाङ, जयकिशन बस्नेत, पवनप्रसाद खतिवडा, उद्ववप्रसाद भट्टराई, शारदा नेपाल गीता र जीवन थापा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सुनिल कटुवाल निर्विरोध निर्वाचित भए ।

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180