Aawaj Nepal
Aawaj Nepal

तेस्रो आदीवासी चलचित्र महोत्सव सुरु, नेपाललाई अन्तर्राष्ट्रिय जगतमा शूटिंगं डिस्टीनेशन बनाउँने तयारी (भिडियो सहित)


आवाज नेपाल, २०७६ जेठ २४ शुक्रबार


काठमाण्डौं । नेपाल आदिवासी जनजाती चलचित्र महासंघको आयोजनामा  तेस्रो आदीवासी जनजाती चलचित्र महोत्सव शुक्रबारबाट सुरु भएको छ । काठमाण्डौको राष्टिय सभा गृहमा तिन दिन सम्म चल्ने महोत्सवको प्रमुख अथिती उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले चलचित्र भनेको समाजको ऐना रहेको भन्दै यसले संञ्चार मनोरञ्जन र चेताना अभिवृदीमा शसक्त भुमिका निर्वाह गरेकोे बताउँनु भएको छ । उहाँले नेपाल बाहुभाषी, बहुजाती, बहुसंस्कृतीको विविधता भएको देश भन्दै भाषाभाषीका चलचित्रहरुले कला संस्कृतीलाई जोगाउँन महत्वपुर्ण भुमिका खेलेको बताउँनु भयो ।

आदिवासी भाषाभाषीको चलचित्र बन्न थालेको तिन दशक बितेको र अब यी चलचित्रहरु पनि व्यवसायीक रुपमा अगाडि बढ्नु पर्ने जोड दिनु भएको छ । उपराष्ट्रपति पुनले नेपाली समाज रुपान्तरणमा चलचित्र जगतको ठुलो योगदान रहको बताउँनु भयो । चलचित्रले प्राचिन काल देखिको अन्धविस्वास, कुरीति, विकृतीलाई उदागं पारेर वैज्ञानीक तथा अग्रगामि विकासका निमित्त जनमानसमा प्रमुख प्रेरक माध्यमका रुपमा चलचित्रहरुले महत्वपुर्ण भुमिका खेलेको बताउँनु भएको हो ।

त्यस्तै कार्यक्रमलाई चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराईले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा शूटिंगं डिस्टीनेशनका रुपमा परिचित गराउँने योजनामा रहको बताउँनु भएको छ । प्राकृतीक रुपमा सुन्दर र विभिन्न कला संस्कृतीले भरिपुर्ण रहेकाले शूटिंगं डिस्टीनेशनका रुपमा परिचित गराउँन आदिवासी जनजातीका चलचित्रहरुको भुमिका मत्वपुर्ण रहने बताउँनु भएको हो ।

उहाँले जुन दिन सम्म मातृभाषी चलचित्रहरुको उत्थान हुँदैन तब सम्म नेपाली चलचित्र उद्योग धनि नहुने औलाउँनु भयो । आदिवासी चलचित्र कर्मिहरुलाई अझै गुनस्तरीय चलचित्र बनाउँन पनि उहाँले सुझाब दिनु भयो । जातजातीको चलचित्रमा भाषा बोल्न सक्ने कलाकार प्रयोग गर्नुपर्ने, आधुनिक प्रविधीहरु प्रयोगमा ल्याउँनु पर्ने, दक्ष प्राविधिकहरु स्तरीय नभएसम्म अर्को भाषाहरुको प्राविधिकहरुको सहयोग लिन सकिने सुझाव दिनु भएको हो ।

 

नेपाल आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारले नेपालको विभिन्न संस्कृतीहरु नेपालका आदिवासी जनजातीका चलचिहरुमा झल्कीने हुँदा आफ्नो संस्कृती प्रवर्दनमा समग्र देशलाई सहयोग पुगेको बताउँनु भएको छ । उद्घाटन समारोहलाई सम्बोधान गर्दै आदीवासी चलचित्रनै नेपालीहरुको यर्थातपरक चलचित्र रहको र यसले नेपालको पर्यटन क्षेत्रलाई समेत टेवा पुर्याउँने विस्वास व्यक्त गर्नु भएको छ ।

यस्तै उद्घाटन समारोहमा बाल्दै सभासद राजेन्द्र प्रसाद श्रेष्ठले जुनसुकै चलचित्र हुन त्यो समाजको प्रतिविम्ब रहको बताउँनु भएको छ । समाजको वास्तबिकताको चित्रण भनेको चलचित्रले गर्ने बताउँनु भएको हो ।

सभासद श्रेष्ठले नेपालमा विषेश गरेर पहिचान सहितको संघिय साशनको आवश्यकता भएको बताउँनु भयो । प्रत्येक प्रदेशमा आफ्नै भाषा संस्कृतीको पढाई हुने आफ्नै भाषा संस्कृतीको चलचित्र बन्ने हुदा सम्रग राष्टवासीलाई पहिचान दिलाउँन सकिने बताउँनु भएको हो ।

त्यसैगरी सञ्चार सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुगंले नेपालमा रहको आदिवासी जनजातीका चलचित्रले नेपाललाई चिनाउँन महत्वपुर्ण भुमिका खेलेको बताउँनु भएको छ ।

कार्यक्रममा विभिन्न आकर्षक झाँकी तथा भाषाभाषीका गितहरुमा प्रस्तुती प्रस्तुत गरिएको थियो । विभिन्न जातजातीको संस्कृती जल्कने झाँकी र नृत्यले सबैको मन लोभाएको छ ।

त्यसैगरी संस्कृती झल्काउँने भेषभुषा तथा खानाहरुको विभिन्न स्टलहरु पनि राखिएको छ ।
शुक्रबार गुरुंग, नेवार , लिम्बु, राजवंशी लगायत ६ फिल्महरु प्रदर्शन गरिएको छ । त्यस्तै अन्य चलचीत्र शनिबार आईतबार प्रदर्शन गरिने छ ।

महोत्सवमा जातिय संस्थाबाट छनौट भई सहभागिता जनाउने सबै चलचित्रहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिने समेत जनाएको छ । महोत्सवमा प्रदर्शन गरिएका चलचित्रहरुलाई दर्शकहरुबाट छनोट गरिएको उत्कृष्ट चलचित्रलाई पब्लिक च्वाईस आवार्ड, उत्कृष्ट आदिवासी जनजाति चलचित्र जुरी अवार्ड, अभिनय तर्फ महिलारपुरुष उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट छायाँकार गरी जम्मा छ विधामा अवार्ड पनि वितरण गरिने जनाएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180