Aawaj Nepal
Aawaj Nepal

प्रधानमन्त्री ओलीको युरोप यात्रा : मेसँग जुन ११ मा भेटबार्ता, सी के राउत पनि युरोप भ्रमणमा


आवाज नेपाल, २०७६ जेठ २४ शुक्रबार


प्रधानमन्त्री ओलीको युरोप यात्रा : मेसँग जुन ११ मा भेटबार्ता, सी के राउत पनि युरोप भ्रमणमा

 

लन्डन । प्रधानमन्त्री के पी शर्मा ओली जुन ८ देखि युरोपको भ्रमणमा आउने भएका छन् ।

स्वीजरल्याण्डको जेनेभामा विश्व श्रम संगठन ,आइएलओको सम्मेलनमा सहभागी भएर जुन १० का दिन बेलायतको औपचारिक भ्रमणमा आउने कार्यक्रम तय भएको बताइएको छ ।

बेलायती प्रधानमन्त्री टेरेसा मे को निमन्त्रणामा बेलायत आउन लागेका प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका बारेमा कुराकानी गर्ने छन् ।

त्यहाँस्थित नेपाली राजदुतावासका अनुसार जुन १० को साँझ विश्वकै प्रख्यात अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले जुन ११ मा बेलायती प्रधानमन्त्री टेरेसा मे संग भेटवार्ता गर्ने कार्यक्रम रहेको र सो वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा केन्द्रित हुने बताइएको छ । बेलायतस्थित नेपाली दूतावासका प्रबक्ता एबम उपनियोग प्रमुख शरद राज आरणका अनुसार नेपाल –बेलायत ऐतिहासिक सम्बन्धलाई मध्यनजर गर्दै आपसी हित र सहकार्यलाई प्रगाढ बनाउने दिशामा वार्ता केन्द्रित हुनेछ ।

प्रधानमन्त्री ओलीले बेलायत सरकारका अन्य पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रमको तयारी भईरहेको जनाईएको छ।

प्रधानमन्त्री ओलीको सम्मानमा बेलायतस्थित नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीले १२ जुनको बिहान आयोजना गर्ने रिसेप्सनमा सहभागी हुने कार्यक्रम छ ।

त्यसकालागि दुताबासले बेलायतस्थित विभिन्न संघ( संस्था, पत्रकारहरु र बिशिस्त्ठ व्यक्तिहरुलाई निमन्त्रणा समेत पठाइसकेको छ । त्यसैगरी बेलायतमा समान सुविधाको माग राख्दै आन्दोलनरत गोर्खा तथा नेपाली समुदायसँग पनि समसामयिक बिषयमा अन्तरक्रिया गर्ने जनाईएको छ।

भूतपूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको सन् २००२ को औपचारिक भ्रमण भएको १७ बर्ष पछि प्नधानमन्त्री ओलीले बेलायतको औपचारिक भ्रमण गर्न लागेका हुन् । प्रम ओली जुन १२ मा फ्रान्स जाने कार्यक्रम रहेको बताईएको छ ।

सी के राउत पनि अक्सफोर्डको प्रमुख बक्ता !

यसैबीच कुनैबेला स्वतन्त्र मधेशको आन्दोलन गरेर केहिसमय अघिमात्र प्रम ओलीले बार्तामा ल्याएका मधेशी नेता चन्द्र प्रकाश राउत उर्फ सी के राउत पनि युरोपेली मुलुक अस्ट्रियाको राजधानी भियना हुदै बेलायत आउने जानकारी प्राप्त भएको छ ।

समाचार श्रोतका अनुसार मानब अधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन भियना आउने राउतले पनि अक्सफोर्ड विश्वविद्यालयमा मानब अधिकार सम्बन्धि कार्यक्रममा प्रमुख बक्ताको रुपमा सहभागी हुनेछन । बेलायतस्थित मधेशी समुदायले समेत राउतको सम्मान र एक अन्तरक्रिया कार्यक्रम गर्ने समाचार रातोपाटी लाइ प्राप्त भएको छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180