Aawaj Nepal
Aawaj Nepal

भिषण हावाहुरीका कारण कैलालीमा एकको मृत्यु ६० भन्दा बढि घाइते


आवाज नेपाल, २०७६ जेठ २४ शुक्रबार


भिषण हावाहुरीका कारण कैलालीमा एकको मृत्यु ६० भन्दा बढि घाइते

सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा बिहीबार साँझ वर्षासँगै आएको भिषण हावाहुरीका कारण कैलालीमा मात्रै एकजनाको मृत्यु हुनुका साथै ६० बढी घाइते भएका छन। जिल्ला प्रहरी कार्यालयका एसपी सुदीप गिरीका अनुसार कैलालीको गोदावरी नगरपालिकाका वीरबहादुर चौधरीको मृत्यु भएको हो। त्यसबाहेक राति साढे ११ बजेसम्म ६० बढी घाइते भएको र बाँकी विवरण संकलन गरिरहेको उनले वताए।

घाइतेहरुको सेति अञ्चल अस्पताल लगायत जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको संख्या अझै ठूलो हुन सक्ने एसपी गिरीले वताए।

कैलाली र कञ्चनपुरमा आएको आँधी हुरीले करौंडोको क्षति पुगेको प्रारम्भिक अनुमान छ। रुख, पोल ढालेर बाटो अवरुद्ध भएको छ। विद्युत् पनि अवरुद्ध भएको छ। घरको छानो तथा पर्खाल पनि ढलेका छन्।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको सचिवालयले कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरी र बर्षाले करोडौंको क्षति भएको र प्रदेश सरकारले राहत र उद्दारको काम सुरु गरिरहेको जनाएको छ। साथै सचिवालयले प्रभावित ठाउँका जनसमुदायले स्थानीय प्रशासन सङ्ग सम्पर्कमा रहन अनुरोध गरेको छ।

सेती अञ्चल अस्पतालमा उपचार गराइरहेका घाइते अधिकांशको टाउकोमा चोट तथा हातखुट्टामा चोट लागेको छ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180