Aawaj Nepal
Aawaj Nepal

कैलाली-कञ्चनपुरमा भीषण हावाहुरी : घाइतेको संख्या ४१ पुग्यो


आवाज नेपाल, २०७६ जेठ २४ शुक्रबार


कैलाली-कञ्चनपुरमा भीषण हावाहुरी : घाइतेको संख्या ४१ पुग्यो

कैलाली – कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या ४१ जना पुगेको छ । विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भैरहेको कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताउनुभयो ।

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ साढे ७ बजेतिर आएको भीषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा क्षति पुर्याएको हो ।कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ ।

सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली गएको छ । साथै राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध रहेको छ ।

कैलालीका साथै कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।

Loading...
Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

धेरैपटक हेरिएको

370X180
370X180