Aawaj Nepal
Aawaj Nepal

विश्व बैंक भन्छ २०१९ मा नेपालमा ७.१ प्रतिशतको आर्थिक वृद्धि


आवाज नेपाल, २०७६ जेठ २३ बिहीबार


विश्व बैंक भन्छ २०१९ मा नेपालमा ७.१ प्रतिशतको आर्थिक वृद्धि

विश्व बैंकले चालु आर्थिक वर्ष (२०१९) मा नेपालमा ७.१ प्रतिशतको आर्थिक वद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सेवा र कृष क्षेत्रको योगदानको बलमा नेपालको अर्थतन्त्रको विस्तार द्रुत गतिमा हुन थालेको जनाएको छ ।

एक प्रतिवेदन सार्वजनिक गर्दै सेवा क्षेत्रमा मात्रै ७.५ प्रतिशतले विस्तार हुने भन्दै विश्व बैंकले खुद्रा ब्यापार, होटल र रेस्टुरेन्ट लगायतको उपक्षेत्रमा पनि प्रगति भएको उल्लेख गरेको छ ।

पर्यटन आगमन बढेको र त्यसले पनि सेवा क्षेत्रको विस्तारमा योगदान दिएको विश्व बैंकले जनाएको छ । यस्तै रेमिट्यान्सको वृद्धिले निजी उपभोगमा पनि वृद्धि गरेको बैंकले बताएको छ ।

कृषि क्षेत्रमा मात्रै ५ प्रतिशतको वृद्धि देखिने भन्दै उसले यो ३० वर्षको औसत ३.१ प्रतिशत भन्दा उच्च भएको बताएको छ । यसका लागि सही समयमा भएको राम्रो वर्षा पनि कारण रहेको बैंकको ठहर छ ।

यस्तै बढ्दो ब्यापारीकण, मल र बीउको सहज उपलब्धता, सिँचाइ पूर्वाधारको विस्तारले कृषि क्षेत्रको विस्तार गर्न सहयोग पुगेको रिपोर्टमा उल्लेख छ ।

उसले औद्योगिक उत्पादनको वृद्धिदर पनि सुखद रहेको बताएको छ । यो वर्ष ८.१ प्रतिशत औद्योगिक वृद्धिदर हात लाग्ने उसको प्रक्षेपण छ । विजुलीको सहज उपलब्धताका कारण यस्तो अवस्था बनेको ठहर विश्व बैंकको छ ।

निजी लगानी र उपाभोग बढनुले नै ७ अंक माथिको आर्थिक वृद्धिको मुख्य भूमिका खेलेको विश्व बैंकको निश्कर्ष छ ।

उसले यो वर्ष ४.१ प्रतिशतको मूल्यवृद्धि हुने बताएको छ । यो वर्ष औद्योगिक वस्तुको आयात बढ्दा त्यसको लाभ अर्थतन्त्रलाई भएको रिपोर्टमा उल्लेख छ ।

सरकारी खर्च राम्रो नभएको भन्दै विश्व बैंकले तामाकोशी र मेलम्ची जस्ता ठूला परियोजना पछि धकेलिएको उल्लेख गरेको छ ।विश्व बैंक भन्छ २०१९ मा नेपालमा ७.१ प्रतिशतको आर्थिक वृद्धि

Loading...
Aawaj Nepal

प्रतिकृया

प्रतिकृया

370X180

ताजा समाचार

धेरैपटक हेरिएको

370X180
370X180